शुक्रबार, ७ वैशाख २०८१

नुवाकोटमा आइसरको डिलर उद्घाटन

समयपोष्ट २०७३ भदौ २९ गते ३:४२

भल्भो आइसर कमर्सियल भेइकल्स भारतको नेपालको लागि आधिकारिक बिक्रेता ईष्टर्न एजेन्सिज प्रालिले  नुवाकोटमा थ्रीएस डिलरको रुपमा आरपी सप्लायर्सको उद्घाटन गरेको छ  ।

Advertisement

ईष्टर्न एजेन्सिज प्रालिका प्रबन्ध निर्देशक शान्ताराज बतास, भल्भो आइसर कमर्सियल भेइकल्सका कन्ट्री सर्भिस म्यानेजर निलन्जन मित्रा र आरपी सप्लायर्सका प्रोप्राइटर राजेन्द्र प्याकुरेलले संयुक्त रुपमा उक्त डिलरको उद्घाटन गरेका हुन् । विगत पाँच वर्षदेखि संचालनमा रहेको उक्त डिलरबाट आइसर गाडीको बिक्री एवं सम्पूर्ण स्पेयर पार्ट्स उपलब्ध गराइने छ । त्यसैगरी तालिम प्राप्त दक्ष एवं अनुभवी मेकानिक्सद्वारा मर्मत सम्भारको सेवा प्रदान गरिने डिलरका प्रोप्राइटर राजेन्द्र प्याकुरेलले जानकारी गराए । सो अबसरमा १०० जना ग्राहकको सहभागिता रहेको थियो ।

इस्टर्न मोटर्सले आइसर गाडीको बिक्री पश्चातको सेवालाई अझै स्तरीय बनाउन वर्कसपहरुको बृद्धि एवं स्तरोन्नती गर्दै आएको छ । यस वर्कसपसँंगै इस्टर्न मोटर्सको देशभर १५ सर्भिस सेन्टर पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री