शुक्रबार, १६ चैत २०८०

जनता बैंकले ल्यायो ‘कवज’ खाता

समयपोष्ट २०७३ भदौ २९ गते ३:२४

 जनता बैंकले १० लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु र एक करोड रुपैयाँसम्मको घर बिमा सुविधासहितको नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ ।

Advertisement

जनता कवच नामक नयाँ खाता खोल्नेले खातामा रहेको रकमको २० गुणा वा एक करोड रुपैयाँ बराबरको घर बिमा सुविधा पाउने छन् । नयाँ खाताले आम जनतालाई बचत मात्र नभइ सुरक्षासमेत प्रदान गर्ने छ, बैंकले विज्ञप्तिमा भनेको छ ।

बैंकले गत असार मसान्त्सम्म २४ अर्ब ६ करोड निक्षेप संकलन र २० अर्ब ४७ करोड कर्जा लगानी गरेको थियो । बैंकले साढे ३२ करोड नाफा कमाएको थियो । बैंकका ३६ शाखा, २९ एटिएम र पाँच शाखारहित बैंकिङ सेवा सञ्चालनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री