शनिबार, ८ वैशाख २०८१

कुन औलाले निधारमा टिका लगाउदा के फल मिल्छ

समयपोष्ट २०७३ भदौ २८ गते ८:१७


सनातन  हिन्दु धर्मका अनुसार हामी निधारमा टिका लगाउने गर्दछौ । यसका केही बैज्ञानिक कारणहरु पनि छन् । । स्पिकिंग ट्रि .कमका अनुसार हाम्रो शरीरमा सात शुक्ष्म केन्द्र रहेको हुन्छ जसलाई हामी चक्र भन्ने गर्दछौ । निधारको विच भागमा जहा हामी टिका लगाउछौ त्यहा आज्ञाचक्र रहेको हुन्छ । अस्तु साधना ग्रन्थमा  यसलाई गुरुचक्र पनि भनिन्छ । यस चक्रको एक तर्फ अजिमा नाडी र अर्को तर्फ बर्णा नाडी रहेको हुन्छ । ज्योतिषमा आज्ञाचक्रलाई बृहस्पतिको केन्द्र मनिन्छ  भने  गुरुको आज्ञाको प्रतिक प्रतिनिधि मानिन्छ । हिन्धु धर्मशास्त्रका अनुसार देवताहरुको गुरु भनेर बृहस्पतिलाई चिनिन्छ । 

Advertisement


यसकारण निधारमा टिका लगाउनु सधै शुभ मानिन्छ । सफलता प्राप्त गर्नको लागि अविर ,चन्दन ,हल्दी ,कुमकुमको टिका लगाउने चलन छ । यदि कुनै नयाँ काम सुरुवात गर्नुछ भने सो भन्दा पहिले कालो हल्दीको टिका लगाउदा शुभ हुन्छ । जसले निधारमा अक्षताको टिका लगाउछ उसको अंग अंगमा लक्ष्मीले वास गर्दछिन् । अक्षताको टिका लगाउने ब्यक्ति प्रति लक्ष्मी आकर्षित हुन्छिन् । जसले हरेक दिन चन्दनको टिका लगाउने गर्छ उसको घरमा कहिले अन्नको अभाव हुदैन । घर अन्न र धनले सदा भरिपुर्ण भइरहन्छ । टिका लगाउदा फरक औलाको फरक प्रभाव रहने गरेको छ । यदि कोहि मोक्षको इच्छा राख्दछ भने उसले सधै बुढी औलाको प्रयोग गनुपर्दछ । धनवान् र सम्पन्नता चाहाने ब्यक्तिले माझि औलाले टिका लगाउदा उचित फल प्राप्त हुन्छ । सुख शान्ति प्राप्त गर्न चहानेलै साहिली औलाको प्रयोग गर्नुपर्दछ । शत्रु नाश गर्नको लागि तर्जनी अर्थात माझि औलाले टिका लगाउदा राम्रो हुन्छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री