शनिबार, १५ वैशाख २०८१

इन्द्रजात्राको लिङ्गो पल्टियो :दुईजना घाईते 

समयपोष्ट २०७३ भदौ २८ गते ६:१८


काठमाडौँ – आज बिहान  लिङ्गो उठाउने क्रममा लिङ्गो पल्टिएर दुईजना घाइते भएका छन् । हनुमानढोका स्थित  लिङ्गो उठाउने क्रममा नेपाली सेनाका हबल्दार भुमबहादुर गुरुङ र सिन्धुपाल्चोक स्थायी घर भएका चमती बस्ने पुष्प लामा गम्भीर घाइते भएका हुन्। सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा लिङ्गो उठाउने प्रयास भइरहेको छ ।खुट्टा भाँचिएका हबल्दार गुरुङको  छाउनीस्थित सैनिक अस्पतालमा र 
लामाको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री