शुक्रबार, १४ वैशाख २०८१

सबैभन्दा धेरै गल्फ लुब्रिकेन्ट्स बेच्नेले पाए मोटरसाइकल

समयपोष्ट २०७३ भदौ २६ गते ३:०८

गतवर्ष सबैभन्दा धेरै गल्फ लुब्रिकेन्ट्स विक्री गर्न सफल एसएनएफ कन्सर्न, धनश्री अटो केयर र अटो एभ प्रालि पुरस्कृत भएका छन् । उनीहरूले यामाहा तथा टीभीएसका मोटरसाइकल तथा अन्य विभिन्न इलेक्ट्रोनिक्स एसेसरिजहरू प्राप्त गरेका छन् । 

Advertisement

गल्फ लुव्रिकेन्ट्सको नेपालका लागि आधिकारिक वितरक नेपाल ल्युव आयल लिमिटेड र काठमाडौंका लागि आधिकारिक वितरक एभ ट्रेडिङ प्रालिले संयुक्त रूपमा आयोजना गरेको ‘रिटेलर तथा पीजीएम मिट’ को अवसरमा उक्त पुरस्कार वितरण गरिएको थियो ।

पुरस्कार नेपाल अटो मेकानिक्स व्यवसायी महासङ्घका महासचिव ठाकुरप्रसाद न्यौपाने, नेपाल ल्युव आयलका सेल्स म्यानेजर दिवाकर मिश्र र एभ ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक मधुसुधन सिग्देल तथा निर्देशक दीपेन्द्र डङ्गोललगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री