शुक्रबार, १४ वैशाख २०८१

प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेको  राजीनामा

समयपोष्ट २०७३ भदौ २४ गते ११:२५


काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले  राजीनामा दिएका छन् । शुक्रबार  विहानै प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगी उनले प्रधानमन्त्री पुष्पकमल  दाहालसामु राजिनामा बुझााएका हुन् । काफ्लेलाई हटाउन मन्त्रीपरिषदमा  प्रस्ताव लगिएको बेला काफ्लेले आफै राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृत गर्ने नगर्ने  विषयमा प्रधानमन्त्रीले सरसल्लाह गरिरहेको उनको  सचिवालयले जनाएको छ । 

Advertisement

उर्जामन्त्री जर्नादन शर्मालेले आफूलाई हटाउन लागेको भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै हिँडेका काफ्ले सुशील कोइराला प्रधानमन्त्री हुँदा प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए । नेपाली कांग्रेसको महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको रुपमा उपस्थित जनाएपछि उनी विबादमका तानिएका थिए । 
कार्यसम्पादन मूल्यांकनमा काफ्लेको अवस्था कमजोर रहेको भन्दै मन्त्रीपरीषदको बिहिवारको  बैठकमा उनको बारेमा छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री