बिहीबार, १३ वैशाख २०८१

‘सुबिसु क्यान कमटेक’ मेला सुरु,१ सय वटा स्टल

समयपोष्ट २०७३ भदौ २४ गते ३:१८

राजधानीको भृकुटीमण्डपमा भदौ २३ गतेदेखी ‘सुबिसु क्यान कमटेक मेला २०१६’ सुरु भएको छ । कम्प्युटर एसोसियशन अफ नेपाल क्यान महासंघको आयोजनामा मेला सुरु भएको हो ।

Advertisement

४ दिनसम्म चल्ने मेलामा १ सय वटा स्टलहरु छन् । इन्टरनेट सेवा प्रदायक कम्पनी, टेलिकम्युनिकेशन, हार्डवेयर सेल्स, पावर सोलुसन्स, मोबाइल एसोसोरिज लगायतका स्टलहरु छन् । मेलामार्फत ग्राहकका लागि क्लियर टिभी तथा इन्टरनेट सेवामा विशेष र आकर्षक योजना ल्याउने आयोजकले बताएको छ । मेला अवलोकन गर्न आउनेलाई ५० रुपैयाँ र विद्यार्थीहरुका लागि २५ रुपैयाँ टिकट शूल्क तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री