शुक्रबार, १४ वैशाख २०८१

सवै उमेर समुहलाई  उपयुक्त अष्ट्रिच मिट

समयपोष्ट २०७३ भदौ २३ गते १०:१४

अनिता राई

Advertisement

शहरी जीवनशैलीसंगै रक्तचाप र सुगरका रोगी पनि बढिरहेका छन् । यस्ता रोगीले खानपानमा बिशेष सावधानी अपनाउनुपर्ने हुन्छ ।  साहाकारी भोजन लिनेलाई खानपानमा मुख बार्न खासै समस्या नहोला, तर भोजनमा मासु अनिवार्य चाहिनेको लागि जिब्रोलाई कन्ट्रोलमा राख्न निकै समस्या पर्ने हुन्छ । यस्ता मासु पारखीको लागि विकल्पको रुपमा अहिले नेपालमा अष्ट्रिचको मासु आएको छ । रातो मासु खान नहुने रोगीलाई अष्ट्रिचको मासु उपयुक्त मानिन्छ । 
अष्ट्रिचको मासु रातो मासु अन्तरगत परेपनि सबै उमेरका मानिसले  खान मिल्ने भनेर पुष्टि भइसकेको छ । अमेरिकन हार्ट एसोसियसन र डाइबेटिज एसोसियसनले अष्ट्रिच मिटलाई मुटु तथा डाइबेटिजका बिरामीहरुले खान सक्ने मासु भनेर उल्लेख गरेका छन्। अष्ट्रिचको मासुमा ओमेगा ३, ६, ९, पोटासियम, म्याग्नेसियम ,सेलेनियम, प्रोटिन, जिंक, कपर, आइरन, भिटामिन ई, बी ६, बी १२, नाइसिन, थाइमिन, फसफोरस लगायतका तत्वहरु पाइन्छ ।   जुन स्वास्थ्यको दृष्टिकोणले निकैनै लाभदायि मानिन्छन् । 
 
अष्ट्रिच मिटमा पाइने ओमेगा ३ ले मुटुलाई बलियो बनाउछ, ओमेगा ६ ले अल्जाइमरबाट जोगाउछ । बालबालिकाहरुमा ओमेगा ६ ले मष्तिष्क बलियो बनाई स्मरण शक्ति बढाउन मद्यत गर्छ । यसमा पाईने म्याग्नेसियमले महिलाहरुलाई महिनावारी हुँदा हुने पिडालाई कम गर्न सहयोग गर्दछ भने फस्फोरसले हड्डी तथा दाँत बलियो बनाउदछ ।  रक्तचाप , थाइराइड र दमका विरामीका लागि पनि अष्ट्रिच मिट हितकर छ । 

ostrich


अष्ट्रिच मिटका आउटलेटहरु
अष्टिचको मासु अहिले उपत्यकाका तीन वटै जिल्लामा सहज रुपमा उपलब्ध छ । उपत्यकामा अष्ट्रिच नेपालका आउटलेटहरु महाराजगंज, सुकेधारा, गोंगबु,भाटभटेनी डिपार्टमेण्ट स्टोर, बिगमार्ट, स्तुति मार्ट, सेलवेज, नमस्ते नेपाल मार्ट,  भ्याली कोल्ड स्टोर, आइकालु मिट सप, ललित फ्रेस फार्म, न्यूरोड डेलिस फ्रोजन हाउस तथा अन्य विभिन्न मार्ट तथा मिटसपहरुमा उपलब्ध रहेको अष्ट्रिच फार्मका सञ्चालक सीपी शर्मा बताउछन् । 
 
अष्ट्रिचको मासुको बजार मुल्य 

स्थानीय बजारमा सबैभन्दा महंगो मानिने अष्ट्रिचको विशेष भागको मासु टेन्डरलोइनलाई किलोको २५ सय रुपैयाँ तिर्नुपर्छ । रातो हड्डी नभएको मासुलार्इ एक किलोको मूल्य १७ र १८ सय रुपैयाँ तिर्नुपर्छ । हड्डी मिसिएको मासुलार्इ भने किलोको ११ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । 
नजिकिदो चाडपर्वलाई लक्षित गर्दै अहिले भने बजारमा अष्ट्रिचको मासुको मुल्य केही घटाइएको सञ्चालक सीपी शर्मा बताउछन् । दशै र तिहार जस्ता पर्वमा  सस्तो मूल्यमा सबैले  गुणस्तरीय मासु खान पाउन् भन्ने उद्देश्य साथ लागतलाई पनि प्रवाह नगरी मुल्य घटाइएको शर्मा बताउछन् । हाल उपभोक्ताहरुले आधा किलोग्राम  मासु ४ सय ४५ रुपैयाँमा खरिद गर्न सक्नेछन् भने  ‘फल मासु’ मात्र खरिद गर्न चाहेमा ७ सय ४५ रुपैयाँ तिर्नुपर्ने हुन्छ।  
अष्ट्रिच फार्मका सञ्चालक सीपी शर्माका अनुसार एउटा अष्ट्रिच चराको मुल्य दई देखि साढे दुई लाखसम्म पर्न जान्छ भने यसको तौल डेढ सय किलोभन्दा बढी हुन्छ ।
भाले अष्ट्रिचभन्दा पोथीको तौल करिव २० देखि ३० किलो कम हुने र यो फूलबाट बाहिर निस्किएको एक वर्षमै सय किलो नाघ्ने शर्माबताउछन् । तीन ठाउँमा व्यवसायिकरुपमा अष्ट्रिच पालन गरिरहेका उनले  ६ वर्षको अवधिमा ५५ देखि ६० टन मासु बिक्री गरिसकेको अनुमान छ ।
अष्ट्रिच फार्मको ब्यवसायिक यात्रा 

2014090515306-600x0

झण्डै छ बर्ष अघि रुपन्देहिको गंगोलिमा अष्ट्रेलियाबाट १५ सय अण्डा आयात गरी यो फार्म सञ्चालनमा ल्याइएको हो । हाल दाङमा ७ सय, सूर्यपुरामा ६ सय र गंगोलियामा सानो ठूलो गरी आठ हजार भन्दा बढी अष्ट्रिच चराहरु रहेका छन् । कम्पनीले अष्ट्रिच पालन गर्नका लागि गंगोलीमा २२ विगाहा, सूर्यपूरामा ७० विगाहा र दाङमा सय विगाहाभन्दा बढी जग्गा लिएर ब्यवसायलाई निरन्तरता दिइरहेको छ भने यसमा प्रत्यक्ष रुपमा एक सय चालिस  र अप्रत्यक्ष रुपमा सयौले रोजगारी पाइरहेका छन् । 
अष्ट्रिच फार्मका सञ्चालक सीपी शर्माका अनुसार पाँच जनाको टिमले १७ करोड लगानी गरेर यसलाई सञ्चालनमा ल्याएका हुन् । हाल यसको लगानी बृद्धि गरेर अर्व पुर्याइसकिएको  छ । अहिले रुपन्देहीकै सूर्यपुरा र दाङमा समेत अष्ट्रिच फार्मको विस्तार गरिसकिएको सञ्चालक शर्मा बताउछन् । राजधानीको पाँच तारे होटल देखि लिएर महंगा रेष्टुरेष्ट, सेकुवा कर्नर लगायतका फुड कोर्टहरुमा यसको माग  अत्याधिक रहेको सञ्चालनक उनी बताउँछन । बजारको माग अनुसार उत्पादन बढाउन गाह्रो परिरहेको  शर्मा बताउछन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री