शनिबार, १५ वैशाख २०८१

सानिमा बैंकले १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांस दिने 

समयपोष्ट २०७३ भदौ २२ गते १०:१५


काठमाडौ । सानिमा बैंकले आफ्ना लगानीकर्ताहरुलाई १५ प्रतिशत बोनस सेयर ०.७९ प्रतिशत नगद लाभांस दिने  भएको छ ।  

Advertisement

बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने करका लागि थप ०.७९ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो ।

बैंकले गत वर्ष १ अर्ब ४ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी ५ अर्ब २८ करोड रुपैयाँ हुनेछ । राष्ट्र बैंकले स्वीकृति गरेपछि र बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र बोनस सेयर वितरण हुनेछ ।बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ  रहेको छ ।
गत वर्ष पनि  अघिल्लो वर्षको नाफाबाट बैंकले २० प्रतिशत बोनस सेयर दिएको थियो ।

हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ५९ करोड छ ।  राष्ट्र बैंकले यसअघि नै चालू आर्थिक वर्षभित्रै वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने घोषणा गरिसकेको छ ।
सानिमा बैंकले अझैपनि राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्यांउन २ अर्ब ८२ करोड रुपैयाँ अपुग छ । त्यसका लागि बैंकसँग थप हकप्रद सेयर जारी गर्ने कि मर्जरमा जाने भन्ने दुई विकल्प खुल्ला छन् ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री