शनिबार, ८ वैशाख २०८१

अनुहारको प्रत्यारोपरण गर्ने पहिलो महिलाको मृत्यु

समयपोष्ट २०७३ भदौ २२ गते ८:५१

 

Advertisement

विश्वमा सबैभन्दा पहिला अनुहारको प्रत्यारोपरण गर्ने फ्रेन्च महिला इसाबेल डिनोडरको ४९ बर्षको उमेरमा मृत्यु भएको छ ।
 लामो समयसम्म थला परेकी उनको सन् २०१६ अप्रिल २२ तारिखको दिन मृत्यु भएको हो । 


उनको मृत्युलाई उनकै परिवारले गोप्य राखेकाले उनको मृत्युको सुचना लामो समयसम्म सार्वजनिक हुनसकेन  । 
सन् १९६७ मे मा जन्मिएकी डिनोइरको अनुहार उनकै पाल्तु कुकुरले कोपरेको थियो । त्यसपछि  ३८ बर्षको उमेरमा एक ब्रेन डेड ब्यक्तिको अनुहार उनले प्रत्यारोपण गरेकी थिइन् ।


सन् २००५ नोभेम्बर २७ का दिन विश्वविख्यात सर्जन जियान मिशेल डबर्नार्ड र प्रोफेसर डेवाशलेको टिमले उनको अपरेशनलाई सफल बनाएका थिए । 
समाचार पत्र ली फिगरको रिपोर्ट अनुसार गत बर्ष उनको शरीरको प्रत्यारोपित भागले काम गर्न छोडिसकको थियो । उनलाई ओठ चलाउन समस्या परेको थियो । प्रत्यारोपित अंगलाई सञ्चालनमा सहज होस् भनेर उनले औषधी लिने गरेकी थिइन् । जसले उनको शरीरमा दुई प्रकारको क्यान्सर निम्त्याएको थियो ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री