शनिबार, १५ वैशाख २०८१

निजामती सेवालाई विकेन्द्रिकरण गर्नु अहिले ठूलो चुनौती 

समयपोष्ट २०७३ भदौ २२ गते ७:२३


काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय स्वरुप अनुसार निजामती सेवालाई विकेन्द्रिकरण गर्नु अहिले ठूलो चुनौती रहेको बताएका छन् ।

Advertisement

निजामती सेवा दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै दाहालले उक्त भनाई राखेका हुन् । 
कार्यक्रममा दाहालले निजामती सेवा इतिहासकै संगीन मोडमा उँभिएको भन्दै परिवर्तित समयको प्राथमिकता, माग र आवश्यकता अनुरुप राष्ट्र र जनताका हितमा केन्द्रित हुन निजामती कर्मचारीहरुलाई अनुरोध पनि गरेका छन् । 


प्रधानमन्त्रीले निजामती सेवाको काँधमा संविधान कार्यान्वयनको महत्वपूर्ण जिम्मेवारी आइलागेको साथै 
 संघीयता नेपालको सन्दर्भमा नितान्त नयाँ प्रयोग र अनुपम अवसर भएको र यस्तो अवसर इतिहासमा विरलैमात्र आउने हुदा यसबारे धेरै कुरा सिक्नुपर्ने बताए ।


 ‘संघीयता नेपालको सन्दर्भमा नितान्त नयाँ प्रयोग हो भने यो अनुपम अवसर पनि हो । यस्ता अवसर विरलै मात्र आउछन् इतिहासमा । यसलाई राम्रोसँग उपयोग गर्न नजान्दा आउन सक्ने चुनौती पनि त्यत्तिकै छन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘आफ्नो अनुभव सीमित भएको पृष्ठभूमिमा अन्यत्रबाट सिक्नुपर्ने कुरा पनि प्रशस्त हुन सक्छन् । बाहिरबाट सिक्ने कुरा गर्दा हाम्रो वस्तुगत परिस्थिति र आवश्यकता अनुसार कसरी ढाल्ने भन्ने चुनौती पनि ठूलो छ ।’


प्रधानमन्त्री प्रचण्डले निजामती सेवक र यसका राजनीतिक हिस्सेदारहरूको क्षमता बढाउन नेपाल सरकार प्रतिबद्ध रहेको बताउदै उनले भने, ‘आवश्यक परेमा विधि र दस्तावेजहरूका मनसाय र शब्दका बीच सही र न्यायोचित ढंगबाट व्याख्या र ग्रहण गर्दै नेपाली समाजको रुपान्तरणमा सघाउ पुर्याचइ सबै वर्ग, क्षेत्र, लिंग, जात, जात, जाति, भाषा, भाषीको हित र मुलुकको सम्वृद्धिमा योगदान पुर्यारउन हार्दिक अनुरोध गर्दछु ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री