बिहीबार, १३ वैशाख २०८१

अर्थ सचिव सुवेदीलाई सर्वोत्कृष्ट निजामती पुरस्कार प्रदान

समयपोष्ट २०७३ भदौ २२ गते ४:२६

सरकारले अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीलाई सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरेको छ ।सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा दिवसको अवसर पारेर बुधबार काठमाडौमा एक समारोह गरी सचिव सुवेदीलाई सर्वोत्कृष्ट निजामति सेवा पुरस्कार प्रदान गरेको हो ।

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सचिव सुवेदीलाई २ लाख रुपैयाँ सहित सम्मानपत्र प्रदान गरे । २०६८ सादलेखि प्रदान गर्न थालिएको यो पुरस्कार विगत दुई वर्ष कसैलाई पनि प्रदान गरिएको थिएन ।

सरकारले तीन जना सहसचिव, पाँच जना उपसचिव र दुई जना अधिकृतलाई जनही १ लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती पुरस्कार प्रदान गरेको छ । पुरस्कार पाउनेमध्ये ९ जना काठमाडौमा कार्यरत हुन् भने एक जना बझाङमा कार्यरत हुन् ।

पुरस्कृत १० जनामा महिला परेका छैनन् । उत्कृष्ट निजामती पुरस्कार पाउनेमा सहन्यायाधीवक्ता किरण पौडेल, सडक विभागका महानिर्देशक देवेन्द्र कार्की र लोकसेवा आयोगका सहसचिव खगेन्द्रप्रसाद सुवेदी, महालेखा नियन्त्रकको कार्यालयका उमहालेखा नियन्त्रक गजेन्द्रबहादुर श्रेष्ठ र महालेखा परीक्षकको कार्यालयका निर्देशक माधवप्रसाद लामिछाने छन् ।

यस्तै, गृह मन्त्रालयका उपसचिव प्रदिपराज कँडेल, कानून मन्त्रालयका उपसचिव हुमबहादुर केसी, अख्तियारका उपसचिव हरिबाबु पोखरेल, प्रधानमत्तन्ी तथा मन्त्रीपरिषद्को कार्यालयका अधिकृत गोकुल बस्नेत र खानेपानी तथा सरसफाइ कार्यालय बझाङमा कार्यरत अधिकृत कृष्णबहादुर बोगटीले पनि उत्कृष्ट निजामती पुरस्कार पाएका छन् । ५० हजार रुपैयाँ राशीको निजामती पुरस्कार ११ जना उपसचिव, ९ जना अधिकृत, २ जना नायब सुब्बा, ४ जना खरदार र चार जना श्रेणीविहिन कर्मचारीलाई ३० जनालाई प्रदान गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री