शुक्रबार, १४ वैशाख २०८१

बुद्ध एयरले पायो जहाज मर्मत सम्भारको स्वीकृति

समयपोष्ट २०७३ भदौ २१ गते ११:२५

बुध्द एयरलाई जहाजहरुको सम्पूर्ण मर्मत सम्भार (एमआरओ) का लागि सरकारले स्वीकृत प्रदान गरेको छ । विमान मर्मत सम्भारका लागि अन्तर्राष्ट्रिय वित्त संस्था आईएफसीको ऋण सहयोगमा केही वर्ष अगाडि बुध्द एयरले अत्याधुनिक ह्यांगर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हाताभित्र निर्माण गरेको थियो । 

Advertisement

मन्त्रीस्तरीय निर्णयपछि बुध्द एयरले अन्य जहाज कम्पनीहरुको विमान मर्मत सम्भार गर्ने बाटो खुलेको छ । विमान मर्मत सम्भारका लागि बंग्लादेशी निजी विमान कम्पनी नोभा एयरसंग सम्झौता गरिसकेको छ भने भुटानका ड्रुक एयरसग पनि सम्झौताका लागि तयारी भइरहेको छ । एउटा विमान मर्मत सम्भारमा अमेरिकी डलर तीस हजारदेखि लाखसम्म लाग्न सक्छ । बुध्द एयरले आफ्ना बाहेक अन्य ७ देखि ८ वटा विमानको मर्मत सम्भार वर्षेनी गर्न सक्ने बताइएको छ ।

विमान मर्मत सम्भारका लागि ३७ हजार स्क्वायर फिटको ह्यांगर रहेको छ । जसमा अत्याधुनिक मेशिन, टुल तथा जगेडा पार्टपुर्जाकालागि वातावरणीय स्टोर पनि रहेको कम्पनीले जनाएको छ । जहाज मर्मत सम्भारका लागि वर्षेनी करोडौं डलर बाहिरिरहेको अवस्थामा बुध्द एयरको यस प्रयासले विदेशी मुद्रा आर्जन गर्ने थप बाटो खुलेको छ, साथै सरकारी राजस्वमा पनि टेवा पुग्ने देखिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री