बिहीबार, २० वैशाख २०८१

राष्ट्र बैंकले सिंगापुरबाट एक करोड डलर ल्याउने

समयपोष्ट २०७३ भदौ २१ गते २:३८

डलर अभाव पुरा गर्न नेपाल राष्ट्र बैंकले एक करोड डलर ल्याउने तयारी गरेको छ ।

Advertisement

विभिन्न वाणिज्य बैंकले दसैंसम्म डलर ल्याउने तयारी गरिरहेकोमा निजी बैंकले विदेशबाट डलर ल्याउँदा विनिमय दर फरक पर्ने भन्दै आफैं डलर ल्याउने तयारी राष्ट्र बैंकले गरेको हो ।

निजी बैंकले राष्ट्र बैंक समक्ष डलर ल्याउने प्रस्ताव गरिसकेका छन् ।

बजारमा देखिएको डलर अभाव पूर्ति गर्नका लागि राष्ट्र बैंक आफैंले पहल थालेको छ । यसका लागि एक सातादेखि गृहकार्य भइरहेको छ ।

बजार व्यवस्थित गर्न फरक विनिमय दर हुन नदिन र बजारमा एक रूपता ल्याउन राष्ट्र बैंक आफैंले सिंगापुरको सीआइएमबी बैंकमा रहेको मौज्दातमध्ये एक करोड डलर कार्गो गरेर ल्याउन् प्रक्रिया थालेको हो । अन्नपूर्ण पोष्ट दैनिक

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री