शुक्रबार, १६ चैत २०८०

सानिमा बैंकको पूर्ण स्वामित्वमा मर्चेन्ट बैंकिङ खुल्यो

समयपोष्ट २०७३ भदौ २० गते ७:१५

सानिमा क्यापिटल लिमिटेडले धितोपत्र वोर्डबाट अनुमति लिएर मर्चेन्ट बैंकिङ सम्बन्धि काम सुरु गरेको छ । सानिमा बैंकको पूर्ण स्वामित्व रहेको  कम्पनीले सेयरको निस्कासन तथा बिक्री प्रबन्धकधितोपत्र प्रत्याभूतिसेयर रजिष्टारलगानी व्यवस्थापन र धितोपत्र निक्षेप सदस्यको काम थालेको हो ।
 कम्पनीले केही समयभित्रै सामूहिक लगानी कोषको योजना व्यवस्थापक तथा कोषको निक्षेप सदस्यको पनि काम थाल्ने छ ।
 सानिमा क्यापटिलको अधिकृत पुँजी  १५ करोड र चुक्ता पुँजी ११ करोड रुपैयाँ छ । चुक्ता पुँजी बढाएर १५ करोड पुर्‍याउने तयारी भइरहेको कम्पनीले जनाएको छ । कम्पनीको सञ्चालक समिति अध्यक्षमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल छन् ।
सञ्चालकहरुमा तेजवहादुर चन्द, निष्चलराज पाण्डे, सरोज गुरगाई र श्रीप्रसाद पौडेल छन् । प्रमुख कार्यकारी अधिकृतमा मनिषनारायण जोशी छन् । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री