शुक्रबार, १४ वैशाख २०८१

गेविन्द केसीको १२औं अनशन स्थगित: १९ गतेसम्म माग पूरा नभए फेरी अनसन बस्ने

समयपोष्ट २०७४ असोज ११ गते ८:१२

त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानका प्रा डा. गोविन्द केसीले आफ्नो १२औं अनशन  स्थगन भएको घोषणा गरेका छन् । सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७४ स्थगन गरेको र बडादशैँ पनि शुरु भएकाले देशभरिका सहयोगी समर्थक र शुभचिन्तकको आशयलाई ध्यानमा राखी हाललाई अनशन स्थगन भएको विज्ञप्तिमा जनाएका छन् ।

Advertisement

डा. केसीले असोज ९ गतेदेखि पाँचसूत्रीय माग राखी अनशन शुरु गरेका थिए । केसीद्वारा जारी विज्ञप्तिमा पाँचसूत्रीय माग यही असोज १९ गतेसम्म पूरा नभएमा अनशन पुनः शुरु गरिने चेतावनी दिइएको छ । 

व्यवस्थापिका–संसद्को असोज ९ गतेको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७४ पेश भएको थियो । प्रा. डा. केसीका प्रमुख मागमा चिकित्सा शिक्षाका शुल्क निर्धारण, त्रिविविका पदाधिकारी बर्खास्तलगायत छन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री