शुक्रबार, १६ चैत २०८०

प्रभु इन्स्योरेन्सले १९.२० प्रतिशत बोनस शेयर दिने

समयपोष्ट २०७४ असोज ४ गते ९:४५

प्रभु इन्स्योरेन्सले चुक्ता पूँजीको १९.२० प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीले १ करोड ८ लाख ८४ हजार ५३९ रुपैयाँ बराबरको बोनस दिने भएको हो । कम्पनीको सोमबार बसेको संचालक समिति बैठकले बोनसमा लाग्ने कर बापत ५८ लाख ३६ हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत गरेको छ ।

Advertisement

कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा समितिको स्वीकृति पश्चात आगामी साधरणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ । कम्पनीको चुक्ता पूँजी ५७ करोड ७५ लाख २४ हजार रुपैंया छ । बोनसपछि कम्पनीको पूँजी झण्डै ७९ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री