बुधबार, २६ वैशाख २०८१

सयपत्री हाइड्रोपावरले प्राथमिक शेयर जारी गर्ने

समयपोष्ट २०७४ असोज ३ गते ६:१८

सयपत्री हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपिओ जारी गर्ने भएको छ । कम्पनीले बाग्लुङमा २.५ मेगावाटको दरमखोला ए साना जलविद्युत आयोजना निर्माणका लागि आवश्यक वित्तीय स्रोत जुटाउन आयोजना प्रभावित स्थानियलाई आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले  असोज २४ गते पहिलो बार्षिक साधारणसभा डाकेको छ ।

Advertisement

साधारणसभामा आईपिओ जारी गर्ने बिशेष प्रस्ताव पारित गरिने छ । सधारणभाले आर्थिक बर्ष २०७३/७४ को लेखापरिक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाव, वासलात लगाएतका आर्थिक विवरण पारित गर्ने भएको छ । साथै साधारणसभाले चालु आर्थिक बर्षको लागि लेखापरीक्षक नियुक्ती गर्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री