शुक्रबार, ७ वैशाख २०८१

देउवाले फेरी थपे दुई मन्त्री, मन्त्रिमण्डल पुग्यो ५६ सदस्यीय

समयपोष्ट २०७४ असोज २ गते ११:४३

 प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो किर्तिमानी मन्त्रिपरिषद्मा थप दुई सदस्य थप गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले सिफारिस गरेका  विराज विष्ट र कमला शर्मालाई प्रम देउवाले सोमबार राज्यमन्त्रीमा सपथ गराएका हुन् । 

Advertisement

विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा विष्ट र वन तथा भू–संरक्षण राज्यमन्त्रीमा शर्मालाई सिफारिस गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिए । यसअघि विष्टले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सहायक मन्त्रीको जिम्मेवारी लिएका थिए । शर्मा पहिलोपटक राज्यमन्त्री भएकी हुन् । योसँगै देउवा सरकारको मन्त्रिमण्डल ५६ सदस्यीय बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री