शुक्रबार, १६ चैत २०८०

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का बर्खास्त

समयपोष्ट २०७४ असोज २ गते ७:०८

सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरेकाे छ ।आज बसेको मन्त्रिपरिषद बैठकले खड्कालाई बर्खास्त गरेकाे हो । खड्का मुलुकका सातै प्रदेशमा इन्धन भण्डारणका लागि निगमले गरेको जग्गा खरिदमा भ्रष्टचारमा मुछिएका थिए ।  

Advertisement

आजको बैठकमा आपूर्तिमन्त्री शिवकुमार मण्डलले खड्कालाई हटाउने  ठाडाे प्रस्ताव क्याबिनेटमा लगेका थिए ।  बैठकपछि  सूचना तथा सञ्चारमन्त्री  एवम् सरकारका प्रवक्ता मोहन बहादुर बस्नेतले   काममा असहयाेग गर्ने र  गुटबन्दी गरेको भनि आपूर्तिमन्त्रीले ल्याएको प्रस्तावका आधारमा उनलाई  पदमुक्त गरिएको बताए । 
उनले भने, ‘आपूर्ती मन्त्रीज्यूले गुटबन्दी गर्ने र असहयोग भयो भन्ने प्रस्ताव ल्याउनु भएको छ । अनियमितता भएको बारेमा जानकार हुनुहुन्छ त्यो विषयको पनि कुरा उठान भएको छ ।’

संसद्को विभिन्न समितिले  अनियमितताको आरोप लागेका  खड्कालाई तत्काल जिम्मेवारीबाट हटाउन आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको थियो । इन्धन भण्डारणको जग्गा खरिदमा प्रत्यक्ष संलग्न खड्का पदमा बसिरहँदा अनुसन्धानमा समेत असर पुग्ने ठहर गर्दै समितिले यस्तो निर्देशन दिएको थियो।

निगमले विद्यमान ऐनकानुन मिचेर भैरहवा, चितवन, झापा र सर्लाहीमा जग्गा खरिद गर्दा करिब चार गुणा महँगो तिरेर अनियमितता गरेको ठहर संसदीय समितिको ठहर छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री