शनिबार, १५ वैशाख २०८१

अमेरिकी र रुसी विदेशमन्त्रीबीच भेटवार्ता , सिरियाली समस्याको समाधान निकाल्न सफल होलान् ?

समयपोष्ट २०७४ असोज २ गते ७:०९

अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन र रुसी विदेशमन्त्री सेर्गेई लाभरोभबीच सोमबार बिहान न्युयोर्कमा भेटवार्ता भएको समाचार छ । 

Advertisement

उनीहरु संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा सहभागिताका लागि न्युयोर्क पुगेको समाचारमा जनाइएको छ । सोही क्रममा उनीहरुबीच भेटवार्ता भएको बताइएको छ । 

उनीहरुबीचको भेटवार्ताको समाचार सङ्कलनका लागि त्यहाँ पुगेका पत्रकारहरुलाई भने उनीहरुहरुले कुनै प्रतिक्रिया दिएनन् । तर भेट सुरुहुनु अगाडि सम्वाददाताहरुलाई तस्विर लिने अनुमति दिइएको थियो । 

सो भेटवार्तापछि रुसी विदेशमन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले सम्वाददातालाई भने– सो भेटका क्रममा विशेषगरी सिरियामा देखिएको राजनीतिक सङ्कटका विषयमा कुराकानी भएको थियो । 

मध्यपूर्वमा देखिएको समस्या, मिन्स्क सम्झौता र सिरियामा देखिएको पछिल्लो समस्याका बारेमा सो भेटवार्ताका क्रममा कुराकानी भएको उनले जानकारी दिए । 

जेनेभामा भएको सहमति बमोजिम शान्तिपूर्ण माध्यमबाट सिरियाली समस्याको समाधान निकाल्ने तथा सैन्य कारबाहीका क्रियाकलापहरुलाई निरुत्साहित गर्ने विषयमा उनीहरुबीच कुराकानी भएको पनि प्रवक्ताले जानकारी दिए । रासस/एएफपी

प्रतिक्रिया

सम्बन्धित सामाग्री