शुक्रबार, ७ वैशाख २०८१

एनआईसी एसिया बैंकले क्रिकेटर राजु र प्रेमलाई मासिक २० हजार दिने

समयपोष्ट २०७३ भदौ १७ गते ३:१८

युवा क्रिकेटर राजु रिजाल र प्रेम तामाङलाई एनआईसी एसिया बैंकले मासिक २०/२० हजार दिने भएको छ । बिहीबार बैंका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र खेलाडीहरु बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

Advertisement

युवा खेलाडीले आफ्नो खेलमा ध्यान पुर्याउन सकुन भनेर दुई क्रिकेटरलाई प्रायोजन गर्ने निर्णय लिईएको बैंकले जनाएको छ ।

प्रायोजन सम्झौता अन्तर्गत बैंकले खेलाडीहरुलाई आगामी दुई बर्षसम्म मासिक २०–२० हजार नगद तथा खेल समाग्रीका लागी थप सहयोग गर्ने उल्लेख गरिएको छ । बैंकले एनआईसी एशिया फाउन्डेशन मार्फत विभिन्न सामाजिक कार्यमा सहयोग गरेर अफ्नो सामाजिक उत्तरुदायित्व बहन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री