शुक्रबार, १४ वैशाख २०८१

पुर्ननिमार्णका लागि बेलायतले दिने भयो १० अर्ब १० करोड, सहयोग बाट१० लाख नागरिक लाभान्वित हुने

समयपोष्ट २०७३ भदौ १७ गते ३:०४

बेलायत सरकार र आयरल्यान्डको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआडी)ले भूकम्पपछीको पुर्ननिमार्णका लागि ७१ दशमलव ५ मिलियन पाउन्ड अर्थात १० अर्ब १० करोड रुपैँया नेपाललाई सहयोग गर्ने भएको छ ।

Advertisement

बेलायतका विदेशीमन्त्री रोडेरिक जेम्स नुजेन्ट स्टेवार्ड र उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराबिच अर्थ मन्त्रालय आज भएको भेटमा नेपालाई सहयोग गर्नेबारे उक्त सम्झौता भएको हो ।

सम्झौतामा १० लाख नागरिक लाभान्वित हुने गरी ४ जिल्ला धादिङ, गोरखा, रसुवा र नुवाकोटमा पुर्ननिमार्णका लागि सहयोग गर्ने उल्लेख गरिएको छ । उक्त रकमबाट ३ हजार घर, ३ लाख जनता लाभाविन्त हुने गरी ४ सय किलोमिटर सडक, २ लाख ५० हजार जनतालाई खानेपानी र सरसफाई सेवा लगायतका अन्य विकास निमार्णमा खर्च गर्ने गरी सम्झौंता भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री