बिहीबार, १३ वैशाख २०८१

भारतको राजदूतमा दीपकुमार उपाध्याय र चीनको राजदूतमा  लिलामणि पौडेलको नाम सिफारिस, आयोगको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय

समयपोष्ट २०७३ भदौ १६ गते १३:३५

सरकारले भारतको राजदूतमा दीपकुमार उपाध्याय र चीनको राजदूतमा  लिलामणि पौडेलको नाम सिफारिस गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्याय र पौडेलको को नाम राजदूतको लागि सिफारिस गरेको हो। 
कांग्रेसको नेता समेत रहेका भारतको राजदूतमा दीपकुमार उपाध्यायलाई यसअघिको केपी ओली नेतृत्वको सरकारले फिर्ता बोलाउने निर्णय गरेको थियो । ओली सरकारले गत बैशाखमा उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । जसको चौतर्फी बिरोध भएको थियो । उपाध्यायलाई पूर्ववर्ती सुशील कोइराला सरकारले २०७१ माघमा राजदूत नियुक्त गरेको थियो । कपिलवस्तुबाट दुई पटक सांसद निर्वाचित भएका उपाध्याय अर्थ राज्यमन्त्री र पर्यटन मन्त्री भइसकेका छन् ।
त्यस्तै सरकारले मित्रराष्ट्र चीनको राजदूतका लागि सिफारिस लिलामणि पौडेल पूर्व मुख्यसचिव  हुन् ।

Advertisement

बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदमा मीनबहादुर श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा श्रीराम पौडेल र सरकारको परराष्ट्र सल्लाहकारमा डा ऋषि अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता राम कार्कीले जानकारी दिए । यस्तै बैठकले सचिवमा पूर्णचन्द्र भट्टराईलाई बढुवा गरको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री