शुक्रबार, १४ वैशाख २०८१

यहाँ एक रातको लागि विवाह गरिन्छ अनि …

समयपोष्ट २०७४ भदौ ३० गते ११:४६

नेपालमा विवाहलाई सात जन्मको बन्धन मानिन्छ । अग्निलाई सात फेरो लिएपछि विवाहीत जोडी सधैको लागि एक हुँने परम्परा रहिआएको छ । तर संसारमा यस्तो पनि ठाउँ छ जहाँ मात्र एक रातको लागि विवाह गरिन्छ । नवविवाहीत जोडी मात्र केही घण्टाको लागि साथ रहनेगर्दछन् ।  यदि दुवै जना राजी छन् भने उनीहरु एक दिन संगै रहनसक्छन् । 

Advertisement

यो परम्परा हाम्रै छिमेकी मुलुक चाईनाको शिलिंग घाटीमा बसोबास गर्दै आएका मानिसहरुको हो । शिलिंग घाटीको जनजाति संस्कृतीको सम्झना स्वरुप त्यहाँका मानिसहरुले यो परम्परालाई निरन्तरता दिदै आएका छन् । त्यहाँ घुम्न जाने पर्यटकहरु पनि त्यहाँको सो परम्पराको मजा उठाउँन भने पछि पर्दैनन् । त्यहाँका युवतीहरु विवाह आसपासका युवकहरुसंग नभै घुम्न आउँने पर्यटकसंग गर्ने गर्छन् । दुलाहा केटी आफैले रोज्ने चलन छ । त्यहाँका युवतीहरु खोला किनारा छाता लिएर पर्यटकको पखाईमा बस्ने गर्छन् । जब पर्यटकहरु आईपुग्छन् उनीहरुलाई सिधै आफ्नो घर लिएर जान्छन् ।

युवतीका घरका मानिसहरु पनि यो विवाहलाई लिएर निकै उत्साहित हुँनेगर्दछन् । घरलाई राम्रोसंग सजाएपछि घरको आँगनमा डोली राख्ने गरिन्छ । पर्यटक घरमा पुगेपछि नाचगान गर्नेगरिन्छ । विवाहको शुरुवात दुलहीको पिताबाट हुन्छ । दुलहीका पिताले पर्यटकहरुलाई उक्त परम्पराको बारेमा सविस्तार बताउँछन् । त्यसपछि दुलही रातो कपडा हातमा लिएर आउँछिन् । उनले उक्त कपडा पर्यटकहरु तर्फ फ्याक्छिन् । जुन पर्यटकलाई त्यो कपडा पर्छ उसलाई दुलहाको पोशाक लगाउँन लगाईन्छ र धुमधामसंग दुबैको विवाह गरिन्छ । 

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री