बिहीबार, १३ वैशाख २०८१

सनराईजको लिलामी सेयर खरिदकर्ताले  समेत बोनस पाउने

समयपोष्ट २०७४ भदौ ३० गते ७:४८

सनराईज बैंकले हकप्रदमा नबिकेको सेयर लिलामीबाट खरिद गर्ने लगानीकर्तालाई समेत बोनस सेयर दिने भएको छ ।  बैंकको शुक्रबार बसेको सञ्चालक समिती बैठकले  गत आर्थिक बर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । 

Advertisement

लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ । बैंकले हकप्रदमा अवितरित सर्वसाधारण र संस्थापक समूहको गरि कुल ७ लाख १० हजार ७४३ कित्ता सेयर असोज ८ देखि २२ गतेसम्म लिलामी गर्ने जनाएको छ ।

सो लिलामीको सेयर बोलकबोल गर्ने लगानीकर्ता समेत बोनसका लागि योग्य हुने बैंकले सुचना मार्फत प्रष्ट पारेको छ ।

बैंकले सेयर लिलामी पश्चात कायम हुने ७ अर्ब ८ करोड ९१ लाख रुपैयाँ चुक्ता पूँजीको १५ प्रतिशत अर्थात एक अर्ब ६ करोड ३३ लाख रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । बोनसपछि बैंकको चुक्तापूँजी ८ अर्ब १५ करोड रुपैयाँ  पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री