शनिबार, ५ जेठ २०८१

आजबाट मंगल कन्या राशीमा प्रवेश गर्दै : मेष,कर्कट र वृश्चिक राशीको भाग्य खुल्दै,अन्य राशीको जीवनमा कस्तो पार्छ प्रभाव ?

समयपोष्ट २०७६ असोज ८ गते १७:३५

Advertisement

 

२५ सेप्टेम्बर अर्थात आजबाट मंगलको राशी परिवर्तन हुँदै छ । मंगल कन्या राशीमा प्रवेश गर्दै छ । मंगल यस राशीमा नोभेम्बर १० सम्म रहने छ । लगभग ४६ दिनमा कर्यौ मानिसको जीवनमा निकै ठूलो परिवर्तन हुनेवाला छ ।

8 अगष्ट देखी मंगल सिंह राशीमा थियो । सेप्टेम्बर अर्थात आजबाट मंगलको राशी परिवर्तन हुनाले १२ राशीमा धनसम्पत्ति,मान प्रतिष्ठा,स्वास्थ,लेनदेनसंग सम्बन्धित कुराहरुमा परिवर्तन हुने छ । यसरी अचानक मंगलको राशी परिवर्तन हुँदा कुनै ब्यक्तिको जीवनमा सकारात्मक प्रभाव पर्ने छ भने कसैको जीवनमा नकारात्मक ।

मेष

Advertisement

शत्रु पराजित हुने छन् भने विशेष सफलता प्राप्त गर्न सक्नुहुने छ । कसैसंग उधारो अथवा कर्जा लिनुुभएको छ भने तपाईले फिर्ता गर्न सक्षम हुनुहुनेछ । स्वास्थको मामलामा सजग हुुनुहोला । तपाई कुनै न कुनै रोगबाट ग्रसित हुनसक्ने भए रहेको छ । पैसाको मामलामा सावधान रहनुहोला । खर्च बढ्ने योग छ ।

वृष
समय चुनौतीपुर्ण छ । काम पुरा गर्न छोटो बाटो नअपनाउनुहोला । नोकरीमा सावधानीपुर्वक काम गर्नुहोला । भविष्यको चिन्ता लागिरहने छ । स्वास्थमा पनि सावधानी अपनाउनुहोला । शत्रुुबाट जोगिनुहोला । बिजनेस पार्टनर तथा जीवन साथीसंग विवाद हुने योग छ । मंगलको कारणले गर्दा खर्च बढ्नसक्छ । यी दिनमा सोच बिचार गरेर काम गर्नुहोला ।

मिथुन
परिवारिक मामलामा सावधानी अपनाउनुपर्नेछ । परिवारको सदस्यसंग केही कुरालाई लिएर विवाद हुुने योग छ । मन अशान्त रहने छ । कुुनै नजिककै ब्यक्तिबाट तपाईलाई हानी पुुर्यााउने कोशिश हुने छ । जरो साथै रगत सम्बन्धि समस्या आइपर्न सक्छ । आमाको स्वास्थलाई लिएर सावधान रहनुहोला । सवारी सावधानी पुर्वक चलाउनुहोला । हर मामला कुराकानीबाट सुल्झाउने प्रयास गर्नुहोला

कर्कट
तपाईको लागि शुभ समय रहेको छ । मंगलको प्रभावले गर्दा तपाईको आर्थिक स्थिती मजबुत हुने छ । समाजमा मान प्रतिष्ठा बढ्ने छ । तर्क गर्ने शक्ति बढ्ने छ भने शत्रु पराजित हुनेछन् । कार्य क्षेत्रमा सरकारी पदमा आसिन ब्यक्तिको मद्तबाट तपाईलाई लाभ मिल्न सक्छ । मंगलको प्रभावले वैवाहिक जीवन सुखमय बन्ने छ भने परिवारको स्वास्थलाई लिएर सावधान रहनुहोला । भाईको स्वास्थकोबार्मा चिन्ता लागिरहला ।

 

सिंह
सतर्क रहनुहोला । कार्य क्षेत्रमा चुनौतीको सामना गर्नुपर्ने छ । कुनै पनि कुराको लागि ज्यादा परिश्रम गर्नुपर्ने छ भने परिश्रम गरे अनुसारको फल समेत प्राप्त नहुने सम्भावना छ । परिवाको सदस्यसंग कलह हुनुका साथै विवाद बढ्ने योग छ । रिसलाई नियन्त्रणमा राख्नुहोला । सेयर मार्केट अथवा चल अचल सम्पत्तिमा लगानी गर्दै हुनुहुन्छ भने सावधान रहनु होला । जीवनसाथीको स्वास्थमा समस्या आउनसक्ने छ ।

कन्या
तपाईको राशीमा मंगल प्रवेश गर्नु शुभ मानिदैन । यसले तपाईको काम बिग्रिने सम्भावना प्रबल हुन्छ । सोच बिचार गरेर मात्र बोल्नु होला । स्वस्थमा समस्या आउन सक्ने समय छ । जरो आउने,टाउको दुख्ने समस्या आइपर्ने समय छ । जीवन साथीको स्वास्थ समेत बिग्रने सम्भावना छ । सवारी साधन चलाउदा सावधानी अपनाउनुहोला । नशालु पदार्थबाट जोगिएकै राम्रो । कामकाजमा ज्यादा मेहेनत गर्नुपरेता पनि फल सोचे अनुसार मिल्ने छैन ।

तुला

यो राशीका लागि मंगलले राशी परिवर्तन गर्नु एकदम शुभ मानिन्छ । कन्या राशीमा मंगलको प्रवेशले तपाईलाई ब्यापार ब्यवसाय,राजगारीमा सफलता मिल्ने छ । कार्य क्षेत्रमा कुनै खास उपलब्धि समेत हाँसिल हुने योग बनेको छ । दाजु भाई दिदी बहिनीसंग तपाईको बढी समय ब्यतित हुने छ । कुनै समस्या आइहाले वरपरका मानिसहरुले सहयोग गर्ने छन् । मंगलले गर्दा तपाईको आर्थिक स्थिती सुध्रने योग छ । तपाईको आम्दानी समेत बढ्ने छ । अचल सम्पत्तिमा विशेष लाभ मिल्ने सम्भावना रहेको छ ।

वृश्चिक
विशेष रुपबाट कार्य क्षेत्रमा सफलता हात पर्ने योग छ । तपार्ईको कामको तारिफ हुने छ । तपाई अरुलाई राम्रो छाप छोड्न सफल हुनुहुने छ । पारिवारिक मामलामा पनि तपाई समय राम्रो छ । सेयर मार्केट अथवा जग्ग जमिनमा लगानी गरे राम्रो प्रतिफल मिल्ने छ । यदि तपाई बेरोजगार हुनुहुन्छ भने रोजगारीको अवसर प्राप्त हुने छ । तपार्यको आर्थिक स्थिती मजबुत हुने छ भने फजुल खर्च बढ्ने योग छ । लेनदेनमा सावधानी अपनाउनु होला ।

 

धनु
कार्य क्षेत्रमा लाभ मिल्ने तथा नयाँ काम प्राप्त हुने योग छ । तपाईको जिम्मेवारी बढ्ने छ । मेहेनत ज्यादा गर्नुपरेता पनि त्यसको उचित प्रतिफल मिल्ने छ । दाम्पत्य जीवनमा ध्यान दिनुहोला । जीवन साथीलाई समय दिनुहोला । दाम्पत्य जीवनमा खटपट आउने सम्भावना छ । कुराकानी गरेर सुल्झाउनु होला ।

मकर
पिताको स्वास्थमा गडबडी आउनसक्छ । पारिवारिक मामलामा मंगलको अशुभ असर पर्नसक्छ । जसले तपाईलाई हानी पुर्याउनसक्छ ।विवाद हुने योग छ । भाइृ बहिनीसंग मतभेद हुने सम्भावना छ । खर्चमा बृद्धि हुने तथा आर्थिक लाभ हुने योग बनेको छ । खर्चमा ब्यान दिनु होला । स्वास्थ खराब हुने सम्भावना छ ।

कुंभ
कन्या राशीमा मंगलको प्रवेश यो राशीको लागि शुभ मानिदैन । मंगलको प्रभावले कार्य क्षेत्रमा बाधा उत्पन्न हुनसक्छ । पारिवारिक रुपमा पनि समय ठिक छैन । भाई बहिनीले मद्त गर्ने समय छ । मंगलका कारण तपाईको स्वभाव आक्रामक हुनसक्छ । तपाईको स्वास्थमा पनि ध्यान दिनुहोला । यो समय तपाईलाई आखाँ सम्बनिध समस्या उत्पन्न हुनसक्छ । तपाईले आफ्नै इमेज खराब हुने काम समेत गर्ने सम्भावना छ । मंगलका कारण विवाद बढ्ने योग छ ।

मीन
मंगल  कन्या राशीमा प्रवेश गर्दा यसको असर तपाईको बैवाहिक सम्बन्धमा पर्नसक्छ । जीवन साथीसंग मतभेद हुने योग छ । विवाद बढ्न सक्छ । केही पारिवारिक चुनौतीको सामना गर्नुपर्ने छ । यसको अलावा कार्य क्षेत्रमा पदोन्नतीको संभावना रहेको छ । मंगलका कारण अहिले मेहेनत ज्यादा गर्नुपरेता पनि त्यसको फल तपाईले केही समयपछि प्राप्त गर्नसक्नु हुने छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री