शुक्रबार, १६ चैत २०८०

  जगदम्बा सिमेन्टले ल्यायो ‘हाम्रो घर’ मोवाइल एप

समयपोष्ट २०७४ भदौ २९ गते ६:३१

नेपालमा पनि प्रविधीको प्रयोगका कारण नेपाली जनमानसको जिवनस्तर सहज र समृद्ध बनाउने उदेश्यले जगदम्बा सिमेन्टले हाम्रो घर भन्ने मोवाइल एप बजारमा ल्याएको छ ।
सिमेन्ट उद्योगको इतिहासमा नेपालमै पहिलो पटक निर्माण सम्बन्धी हरेक जिज्ञासाको समाधान गर्दै जगदम्बा सिमेन्टले मोवाइल एप ल्याएको हो ।
एप घर निर्माण सम्बन्धी कार्य गर्ने इन्जिनियर, कन्ट्रयाक्टर, डिलर मेसन लगायत सम्पुर्ण उपभोक्ताहरुका लागि अत्यन्त उपयोगी छ ।
यस एप मा निर्माण सामाग्री, निर्माणमा सिमेन्टको गुणस्तर, भुकम्प प्रतिरोधी घर निर्माण, जगदम्वा सिमेन्टको प्रोफाइलका साथै कहाँ किन्ने, प्रयोग गर्ने तरिका जस्ता दैनिक उपयोग हुने फिचरहरु छन्। जसले गर्दा निर्माण सम्बन्धी हरेक जिज्ञासाको समाधान सजिलै हुन्छ । 
डिम होम निर्माणका लागी चाहिने निर्माण सामग्रीको  छनोट, घर निर्माण गर्न घरको लागत, भुकम्प प्रतिरोधी घर निर्माण प्रकृया, लगायत नेपालको पुर्व मेचीदेखि पश्चिम महाकाली सम्मका उपभोक्ताले जगदम्बा सिमेन्टका ेक्बभिक त्भबm संग सिधै सम्पर्क गर्न सकिनेछ । 
यो लगायत दैनिक उपयोग गर्न मिल्ने फिचरहरु जस्तै जग्गाको क्षेत्रफल निर्धारण, कम्पास लगायत यसनिट कन्भटर जस्ता फिचर हरु समावेश गरिएको छ। यी विभिन्न फिचरका कारण आम उपभोक्ताहरुको निर्माण सम्बन्धीको जिज्ञासा निराकरण गर्दै ग्राहक तथा उपभोक्ताको सेवा प्रति समर्पित रहने उदेश्य रहेको छ ।
जगदम्बा सिमेन्ट उद्योगले दुबै उद्योगबाट विभिन्न व्राण्डहरु उत्पादन गर्दै पूर्व मेची देखि पश्चिम महाकाली सम्म उत्पादन बिव्रmीवितरण गर्दै आइरहेको छ । जगदम्बा योगदान, जगदम्बा प्रयोग विधी, जगदम्बा जागरण, जगदम्बा आरोहण, जगदम्बा विशेष जस्ता उपभोक्ता केन्द्रित कार्यव्रmमहरु संचालनगर्दै आइरहेको छ।
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री