बिहीबार, १३ वैशाख २०८१

जियोनीको नयाँ सेल्फी मास्टर ‘एस सिक्स एस’

समयपोष्ट २०७३ भदौ १६ गते ११:३१

जियोनीले आफ्नो सेल्फी मास्टर लाइनअपमा नयाँ जियोनी एससिक्स एस ल्याएको छ । यसमा १३ मेगापिक्सेलको सोनी आईएमएक्स २५८ रियर क्यामेरा र फ्रन्ट एलईडी फ्ल्यास र स्क्रिन फ्ल्याससहितको फ्रन्ट क्यामेरा छ जसबाट मधुरो प्रकाशमा पनि उज्यालो सेल्फी खिच्न सकिन्छ । 

Advertisement

फोनमा मेटालिक युनिबडी छ जसमा गोरिल्ला ग्लास ३ ले सुरक्षित ५.५ इन्चको १०८० पीएफ एचडी २.५ डी वाटर ड्रप डिस्प्ले छ ।  एससिक्सएसमा १.३ गिगाहर्ज प्रोसेसर छ । फोनमा ३ जीबी ¥याम र ३२ जीबी इन्टरनल स्टोरेज छ जुन १२८ जीबीसम्म बढाउन मिल्नेछ ।

एससिक्सएसमा फिङर प्रिन्ट स्क्यानर पनि छ जुन फोटो खिच्नका लागि समेत प्रयोग गर्न सकिन्छ । डुअल सिमयुक्त यो सेटमा ३१५० एमएएचको ब्याट्री छ ।  फोनमा एन्ड्रोइड ६.०.१ मा आधारित जियोनीको आफ्नै यूआई अमिगो ३.२ सिस्टम छ ।

अमिगो ३.२ मा जियोनीले आफ्नै क्यामेरा सफ्टवेर इमेज प्लस (टाइम ल्याप्स, स्लो मोसन, टेक्स्ट रेकोग्निसन, र पिक नोट सुविधालगायत अन्य कुरामा थप सुधारहरु ल्याएको  जनाइएको छ । जियोनीको आफ्नै भिडियो एडिटर पनि फोनमा उपलब्ध छ ।

स्प्लिट विन्डो सुविधाले गर्दा एकै पटक दुवटा एप एकै स्क्रिनमा प्रयोग गर्न सकिन्छ । मोका गोल्ड र लाट्टे गोल्ड गरी दुई रंगमा उपलब्ध यो फोनको मूल्य २५ हजार ९९९ रुपैयाँ कायम गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री