बिहीबार, १५ चैत २०८०

बीमाबारे सबैभन्दा पहिले सरकारले बुझ्नुपर्छ

समयपोष्ट २०७४ भदौ २९ गते ३:५३

सगरमाथा इन्स्योरेन्सको अवस्था र लगानीको क्षेत्रबारे बताइदिनोस् न ?

Advertisement

सगरमाथा इन्स्योरेन्स कम्पनी वान अफ द स्ट्रङ कम्पनी हो । क्लेमको साथसाथै बिजनेस पावरफुल छ । मार्केटमा हाम्रो पोजिसन तेस्रो छ । हाम्रो क्लाइन्ट बेस एकदम राम्रो छ । हामीले दूरदराजसम्म आफ्नो पहुँच बढाएका छौँ । त्यसले गर्दा क्लेमको इस्यू पनि हाई छ । झण्डै हाम्रो ३ हजार क्लेम थियो, त्यसमध्ये अब करिव ४०–५ वटा मात्र बाँकी छ । हामीले १ अर्ब ५ करोड क्लेम तिरिसक्यौँ । अहिलेको इन्स्योरेन्स इण्डस्ट्रीमा हाम्रोजति क्लेम सेटलमेन्ट कसैको पनि छैन । रेगुलर क्लेम त २५ सय ३ हजार त भई नै राख्छ । तर भूकम्पबाट भएको क्षतिकोे ३ हजार क्लेम पनि हामीले सिङ्गल हेण्डल गर्यौं, जुन अहिलेसम्म नेपालको इतिहासमा कसैले गरेको छैन । त्यसको बाबजुद हामीले त्यो वर्ष पनि २५ प्रतिशत सेयर होल्डरहरूलाई रिटर्न दियौँ र अर्को वर्ष पनि दियौँ २५ कै हाराहारीमा । अहिले पनि व्यालेन्ससिट राम्रै आउँछ ।

 बीमा समितिले पुँजी वृद्धि गर्न भनेको छ, यहाँहरूले कसरी गर्दै हुनुहुन्छ ?

बीमा समितिले जुन प्लान दिएको छ, त्यो सबै कम्पनीहरूले प्रायः १–२ वटाले बाहेक सबैले पठाई सकेका छन् । सकेसम्म हामीले बोनस सेयर धेरै गर्ने विचार गरेका छौँ र केही नपुगलाई राइट सेयरमा जाने विचार गरेर प्लान बनाइसकेका छौँ ।

 सरकारले बीमा कम्पनी थपेको छ, यसलाई यहाँले कसरी हेर्नुभएको छ ?

मार्केट यस्तो भएको छ कि अब पुँजी पर्याप्त छैन भन्न मिल्दैन । त्यसैले इन्स्योरेन्स कम्पनीको पुँजी जुन वृद्धि हुँदैछ, त्यसले पर्याप्त पँुजी ल्याउँछ । बीमा कम्पनीहरूको पुँजी स्ट्रेन्थ हुनु राम्रै हो । तर प्रायः गरी इन्स्योरेन्स हुन्छ । जस्तै– धेरै पुँजी भयो भने मैले रिडेन्सिल क्यापासिटी धेरै बढाउँछु । त्यो पैसा जुन धेरै बाहिर जान्थ्यो, त्योचाहिँ अलि कम हुन्छ । तर यसको मतलब यो होइन कि धेरै पुँजी बढाएर रि–इन्स्योरेन्स गर्दैन भन्ने होइन । त्यो कहिल्यै पनि हुँदैन । त्यसलाई अब कुन–कुन हिसाबले रि–इन्स्योरेन्सको अरेन्जमेन्ट गर्ने र धेरै क्यापिटल फ्लो बाहिर फ्लाई नहोस् भन्ने हिसाबले र २५ करोडको क्यापिटल हुँदा पनि प्रायः इन्स्योरेन्स कम्पनीहरूले क्लेम तिरेकै छ भनेपछि १२–१३ अरब त झण्डै मार्केटमा हामीले क्लेम तिर्यौं। भनेपछि यो एउटा फम मेकानिजम कुरा हो र विश्वमै इन्स्योरेन्स कम्पनी धेरै कम बैङ्कक्रप्ट हुन्छ । किनकि त्यो रि–इन्स्योरेन्स रि–इन्स्योरेन्सबाट बिजनेस हुन्छ र क्लेम परेको दायरामा मात्र ३ प्रतिशत हामीले उहाँहरूलाई पठाउँछौँ, जुन आफ्नो प्रिमियम क्लेम पर्दा पनि त्यही प्रतिशतले फेरि आउने भन्नाले यो चान्सेस धेरै कम हुन्छ, बैङ्क क्रप्टको । यो एउटा एकदम राम्रो पक्ष हो, इन्स्योरेन्सको ।

अहिले नयाँ कम्पनी आउने कुरा ९–१ बर्षबाट पाइपलाइनमा थिए । त्यसलाई दिन्नँ भन्न पनि मिल्दैन । नेपालको कन्टेस्टमा त्यस्तै ८ प्रतिशत एराउण्डपहिले ५–६ प्रतिशत थियो, अहिले ८ प्रतिशतको दायरामा बीमाको पहुँच पुगेको छ । बाँकी ९२ प्रतिशतमा पुग्नका लागि थप बीमा कम्पनी आवश्यक थियो । तर नयाँ कम्पनी आइसकेपछि अलिकति नयाँ ठाउँमा जान सक्नुपर्छ । अब भइरहेको मार्केटमा आफैँ सानो केकलाई त्यो केक नफोडीकन त्यसैमा लुछाचुँडी गर्नु त त्यो आउने कम्पनीलाई पनि गाह्रो, पुरानोलाई पनि गाह्रो हुन्छ । नयाँ प्रडक्ट र नयाँ सोचका साथ अगाडि बढ्यो भने केही समस्या देखिँदैन ।

 बीमाको पहुँच ८ प्रतिशतमा मात्र छ, अब बीमा साक्षरताका लागि के गर्नुपर्ला ?

बीमा साक्षरताका लागि हामीले आफ्नो बिजनेसको दौरानमा जुन पब्लिक सेक्टरबाट, जुन आफ्नै तरिकाबाट प्रमोसन एक्टिभिटिज या अवेरनेसको कुराहरू गरिरहेका छौँ, त्यो छँदैछ । यसलाई नियमन तथा सरकारी निकायबाट सशक्त बनाउनुपर्छ । जस्तो– भूकम्पमा जसले इन्स्योरेन्स गरे, अनिवार्य उनीहरूले दाबी पाए, हामीले गर्यौं। इन्स्योरेन्स गरेर बाढीको रिस्क पनि लिनुपर्छ भनेको भए अहिले केही न केही रिकभरी हुन्थ्यो होला । यो कुरा सरकारले बुझ्नुपर्यो । जनताको जति सम्पत्ति छ, त्यसलाई इन्स्योरेन्स गर्र्ने बरु त्यसको लागि करमा अलिकति छुट दिने हो भने बीमा बजार केही विस्तार हुन्छ । तर विडम्बना के छ भने गभरमेण्टको आफ्नै प्रपर्टीको इन्स्योरेन्स छैन, जनतासम्म कसरी पुग्ने ? किन इन्स्योरेन्सको रिक्वायर्ड छ, इन्स्योरेन्स भनेको के हो, यो गर्नु अति आवश्यक छ या छैन भनेर पहिले सरकारले, त्यसपछि जनताले बुझ्नुपर्छ । जनतामा पुग्न अलिकति समय लाग्छ तर यसलाई पुर्याउन अति जरुरी छ ।

 अधिकांश बीमा कम्पनीहरू घर र गाडीमा मात्र केन्द्रित देखिन्छन्, अरू क्षेत्रमा किन जान नचाहेको ?

गाडी, घर वा कुनै फ्याक्ट्री इण्डस्ट्रीको केसमा त्यहाँ बैङ्कले पनि लगानी गरेको हुन्छ । बिजनेस गर्दा–गर्दा नाफा–घाटा उहाँले तिर्नु त ठीक छ तर कुनै त्यस्तो इन्सिडेण्ट भयो, त्यसले गर्दा बैङ्कको लोन जोखिममा हुन्छ भने उहाँले इन्स्योरेन्स गर्न लगाउनुहुन्छ र त्यो गरिराखेको छ । हामी सबै इन्स्योरेन्स कम्पनीले ७५ वटा जिल्लामा बाँडेर शाखा अफिसहरू खोलेका छौँ । गभरमेन्टबाट आउने सब्सिटाइज निकासा भएर आउन पनि समय लाग्छ । जुन ७५ प्रतिशत दिईराख्नुभएको छ, त्यो लिन पनि समय लाग्छ । हामीले २५ प्रतिशतमा पनि क्लेम तिरिराखेका छौँ । हामीलाई पनि एउटा के सोच छ भने इन्स्योरेन्स कम्पनी भनेको जस्तै कर्पोरेट सोसल रेस्पोन्सीबिलिटिज जुन हामीले भन्छौँ नि, इन्स्योरेन्सजति यो मामिलामा अगाडी को छ ? कसैलाई दुःख परेको बेला त्यै प्रिमियम बाँड्नु भनेर त्यो क्षतिपूर्ति दिनु भनेको कर्पोरेट सोसल रेस्पोन्सीबिलिटिज हो । त्यो इन्स्योरेन्स कम्पनीको एउटा राम्रो पार्ट हो– ‘दुःखको बेला साथी ।’ भनेपछि सबै बिजनेसमा नाफा गर्नुपर्छ भन्ने छैन । 

गाउँ–गाउँमा गाई–भैंसी, अन्नबाली सबैको इन्स्योरेन्स गर्नुपर्छ । इन्स्योरेन्स गर्नुभयो भने यहाँको लागतको ७५ प्रतिशत सरकारले सब्सिडिज दिएको छ । कथंकदाचित कुनै घटना भयो भने सरकारले दिन्छ भन्नेखालको त्यो फ्लो नै गएको छैन । हाम्रो जहाँसम्म पहुँच छ या क्लाइन्टस आफैँ आएको छ, त्यो हामीले नाइँ भनेका छैनौँ ।
अर्को, गाडी र घरको कुरा गर्दा विश्वमै गाडीको इन्स्योरेन्स धेरै नै हुन्छ, प्रिमियम नेपालमा मात्रै होइन । यसकोे मुभमेण्ट बेसी हुन्छ । जहाँ विकास हुन्छ, त्यो विकासको सुरुवात नै बाटोघाटो र सवारी साधनबाट हो । त्यसबाहेक आफ्नो पर्सनालिटिको कुरा पनि आउँछ । त्यसले गर्दा यसको प्रिमियम जहाँ पनि धेरै जेनेरेट हुन्छ । प्रिमियम जेनेरेट भएको छ भने पनि हामीले त्यसमा नाफा छ भने बीमा समितिले को–अर्डिनेसन गरेर हामीसँग त्यसको डाटा लिएर त्यसको प्रिमियम घटाइरहेको छ । जस्तो– पहिले प्राइभेट कारको मूल्य जति मार्केट प्राइस थियो, त्यसको २ प्रतिशत जति थियो । हामीले घटाएर १.७० प्रतिशत जति र अहिले आएर १.२५ प्रतिशत जति भएको छ । जहाँ अलिकति बिजनेसको भोल्युम राम्रो छ, क्लाइन्टस्लाई मर्का नपरोस्, कम्पनीलाई फाइदा छ भने त्यो रेट पनि विस्तारै घट्दै जान्छ । 

कृषि क्षेत्रको कुरा गर्दा नेपाल एउटा कृषिप्रधान देश हो । हामी पुरानो तरिकाले खेतिपाती गरिरहेको छौँ, त्यसलाई अब विस्तारै नयाँ सोच र आधुनिकीकरणमा ढालिएको छ । त्यो गर्दा स्कोप पनि बढ्छ र इन्स्योरेन्सको लागि एउटा नयाँ क्षेत्र पनि बन्छ । सुरुमा घाटा खाए ठीकै हो तर अलिकति बिजनेसको भोल्युम आएपछि पछिको लागि इन्स्योरेन्स कम्पनीको लागि राम्रो हुन्छ भन्ने हामीले आशा लिएका छौँ ।

chunkey chetri 1

 अन्त्यमा, सगरमाथा इन्स्योरेन्सले केही नयाँ  योजना ल्याउँदै छ कि ?

गएको वर्ष हामीले ‘भीआईपी अन द स्पोट’ भनेर गाडीको लागि योजना ल्याएका थियौँ । गाडी दुर्घटनाको क्लेम सेटलमेन्ट कसरी छिटो गर्ने, त्यो योजना लञ्च गरेका थियौँ । त्यसमा करिब ५० क्लेम काठमाडौँ भ्यालीभित्र हामीले सेटलमेन्ट गर्यौं। यसले गर्दा ग्राहकबाट हामीले राम्रो रेस्पोन्स पाएका छौँ । अहिले हाम्रो त्यो २४सै घण्टा हुन्छ । टोल फ्रि नम्बर छ । टोल फ्रि नम्बरमा फोन गरेपछि हाम्रा टेक्निकल साथीहरू जानुहुन्छ र ग्यारेजमा गएपछि कसको कति लाग्छ, नियमअनुसार के–कति पाउँछ र भ्याट बिल आउनेबित्तिकै तुरुन्तै पाउनुहुन्छ । त्यो प्रडक्टलाई अहिले हामीले बाहिरी ब्राञ्चहरूबाट पनि विस्तारै सुरु गरिरहेका छौँ । त्यसलाई विस्तारै नेपालभरि नै गर्ने सोचमा हामी छौँ । त्यसको साथसाथै यस पटकको प्रडक्टमा हामीले एउटा बैङ्कका लागि उहाँले जुन लोन दिनुहुन्छ, लोन दिएको एगेन्समा एउटा इन्स्योरेन्स गर्ने सेक्योर माइण्ड भनेर छ । त्यो ल्याउने विचारमा छौँ । त्यसले के गर्छ भने कथंकदाचित उहाँ बिरामी हुनुभयो या दुर्घटना भयो र उहाँले बाँकी लोन तिर्न सक्नुभएन भने त्यो इन्स्योरेन्स कम्पनीले तिरिदिन्छ । ग्राहकले जागिर गरिराख्नुभएको छ र बीचैमा त्यो जागिर छुट्यो भने तीन महिनासम्मको किस्ता पनि तिर्छ र कुनै क्रिटिकल इलनेसको प्रब्लम छ भने त्यो लोन पनि इन्स्योरेन्सले तिरिदिन्छ । अर्कोचाहिँ हेल्थ इन्स्योरेन्स पनि लिएर आउँछौं र यो अहिले भइरहेको थर्ड पार्टी इन्स्योरेन्सलाई अझ व्यवस्थित बनाउनपट्टि पनि हामी वर्कआउट गरिरहेका छौँ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री