बुधबार, १२ वैशाख २०८१

गाउँपालिकाका अध्यक्षले आफनै कार्यालयका कार्यकारी अधिकृतको कार्यकक्षमा गरे तालाबन्दी

समयपोष्ट २०७४ भदौ २८ गते १४:१२

तपाईंलाई कुनै पनि कार्यालय प्रमुखले आफ्नै कार्यालयमा तालाबन्दी गरेको सुन्दा अचम्म लाग्न सक्छ । तर यस्तै घटना भएको छ सुनसरीको कोशी गाउँपालिकामा । 
गाउँपालिकाको कार्यालयमा कार्यरत कार्यकारी अधिकृत र लेखा अधिकृतले आफूखुशी गरेको गुनासो बढेपछि सुनसरीको कोशी गाउँपालिका कार्यालयको कार्यकारी अधिकृत र लेखा अधिकृतको कार्य कक्षमा मंगलबार तालाबन्दी गरेको हो । 

Advertisement

कार्यालयमा बाहिरका व्यक्ति आएर तालाबन्दी नगरी गाउँपालिकाका कार्यकारी अधिकृत सञ्जीव राणा र लेखा अधिकृत खडानन्द घिमिरेको कार्यकक्षमा मानोमानी गरेको भन्दै गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले आफैंतालाबन्दी गरेका हुन । कार्यकारी अधिकृत राणाले आफूखुशी काम गरेको, जनताको काम नगरेको र अनियमितता गरेको, कतै जाँदा आफूलाई कुनै जानकारी नदिइ लुकिछिपी जाने गरेको, जनप्रतिनिधि आउनुभन्दा अगाडि आएको रु ५२ लाखको कुनै हरहिसाब नदेखाएका कारण उनीहरुको कार्यकक्षमा आफैँले तालाबन्दी गरेको अध्यक्ष अन्सारीले बताए । 

उनले काम चोर कर्मचारी र हिसाबसमेत नदेखाउने भ्रष्ट मानसिकताका कर्मचारीलाई कार्यालयमा बस्ने नैतिक आधार नभएकाले उनीहरुलाई कार्यालयबाट बाहिर निकालेर तालाबन्दी गरेको बताए। 
कर्मचारीले सामान्य मापदण्डसमेत पालना नगरेको र जननिर्वाचित अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष आएको दुई महिना बित्दासमेत आफ्नो कार्यक्रम र योजना नदेखाएको तथा परिषद्मा समेत कुनै चासो नराखेकाले आरोप लगाइएको छ । 

कार्यकारी अधिकृत राणा भने सम्पर्कमा आउन चाहेनन् भने अन्य कर्मचारी लुकिछिपी भागेको पाइएको छ । स्थानीयवासीले भने गाउँपालिकामा भएको घटनाले आफूलाई सशंकीत बनाएको प्रतिक्रिया दिएका छन् । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री