धानखेतमा चारवटा हेलिकप्टर आकस्मिक अवतरण
समयपोष्ट
२०७६ भदौ ३१ गते १०:२४
काभ्रेको जोरपाटी भन्ने स्थानमा चारवटा हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ।
सोलुखुम्बुको लुक्लाबाट काठमाडौँ उडान गरेका सिम्रिक एयरका दुइवटा, मनाङ र कैलाश एयरका एक/एक हेलिकप्टर मंगलबार बिहान अकस्मिक अवतरण गरिएको हो।
मौसम खराबीका कारण भिजिविलिटी कम भएकाले सुरक्षित स्थानमा हेलिकोप्टर अवतरण गरिएको जनाइएको छ ।
प्रतिक्रिया