शनिबार, १५ वैशाख २०८१

शेयर बजारमा २१ अंक घट्यो,सूचक १५०२.२० अंकमा ओर्लियो

समयपोष्ट २०७४ भदौ २७ गते ११:३६

मंगलबार शेयर बजार दोहोरो अंकले घटेर सूचक १५०२.२० अंकमा ओर्लिएको छ। मंगलबार सूचक २१.०६ अंकले घटेको हो । सूचकसंगै कारोबार रकममा समेत संकुचन आएको छ। करिब एक अर्ब रुपैयाँको कारोबार हुँदै आएको बजारमा कारोबार रकम करिब  ५७ करोडमा झरेको छ। कारोबार रकम अघिल्लो दिनको तुलनामा २८ करोड कम हो ।

Advertisement

कारोबारमा आएका आठ समूहमध्ये सात समूहमा गिरावट देखिएको छ भने अन्य २.६१ अंकले बढेको छ । उत्पादनमूलक समूहमा कुनै फेरबदल भएन। बैंक १८.४८, होटल ४२.५३, विकास बैंक २९.८२, जलबिद्युत १५.५७, फाइनान्स १४.९ र बीमा १८५.१ अंकले घटेको छ।

मंगलबार युनाइटेड फाइनान्सको  १९ प्रतिशत बोनस शेयर घोषणा र रणनीतिक साझेदार भित्र्याउने खवरको प्रभाव पर्दा बजारमा कम्पनीको प्रति शेयर मूल्य १० प्रतिशतले बढेको छ। यता कामना सेवा विकास बैंकका शेयरधनीले सबैभन्दा बढी करिव १० प्रतिशत गुमाएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री