मंगलबार, ६ चैत २०८०

ग्रामीण विकास बैंकको एफपिओ आईपिओकै मुल्यमा

समयपोष्ट २०७४ भदौ २७ गते ७:०६

नेपाल ग्रामीण विकास बैंकले मंगलबारबाट एफपिओ जारी गरेको छ । बैंकले प्रतिकित्ता एक सय रुपैयाँका दरले ९ लाख ९७ हजार कित्ता एफपिओ निश्कासन गरेको हो । राष्ट्र बैंकको व्यवस्था अनुसार बैंकमा सर्वसाधारण तर्फको सेयर अनुपात कम्तिमा ३० प्रतिशत हुनु पर्ने भएपछि बैंकले एफपिओ निष्काशनगरेको हो ।

Advertisement

बैंकको एफपिओमा न्यूनतम ५० कित्तादेखि ४८७० कित्तासम्म आवेदन गर्न सकिने छ । बैंकको अवस्था कमजोर हुँदा बैंकले बिना प्रिमियम आइपिओकै दरमा एफपिओ जारी गरेको हो । यसअघि एफपिओ जारी गर्ने सबै कम्पनीहरुले प्रिमियम मूल्यमा जारी गर्दे आएका थिए ।  बैंकको एफपिओ निश्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले भदौ ३० गतेसम्म ७५ वटै जिल्लाबाट आस्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । हाल बैंकको पूँजी ५५ करोड ७५ लाख रुपैँया रहेको छ । एफपिओ जारी गरेपछि बैंकको चुक्तापूँजी ९ करोड ७५ लाख रुपैयाँ थपिएर ६५ करोड ५५ लाख रुपैँया पुग्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री