बुधबार, १२ वैशाख २०८१

‘स्मार्ट’ मालपोत : १ घण्टाको काम सक्न ४ दिन,कर्मचारीको बहाना–नेटै चलेन

समयपोष्ट २०७६ भदौ २६ गते ८:५६

Advertisement

चाँडो सेवा दिन र भ्रष्टाचार रोक्न भन्दै सरकारले ८० मालपोत कार्यालयमा अनलाइन सेवा ल्यायो । तीमध्ये प्रदेश १ का १४ मध्ये ९ जिल्ला परे । तर, ती ‘स्मार्ट’ मालपोतमा कर्मचारीले काम अड्काउन झन् बहाना पाएका छन्, ‘नेटै चलेन ।’

आजको अन्नपूर्ण पोस्ट्मा खबर छ,‘नेट नचल्ने’, ‘सर्भर बिग्रिने’ जस्ता बहानाकै कारण पहिला एकै छिनमा हुने काम सक्न चार दिनसम्म लाग्न थालेको छ ।

इलामको सूर्योदय मालुमका जीवन नेपालले मालपोतको सेवा पहिलेभन्दा ढिलोजस्तो लागेको बताए । उनका अनुसार कहिले इन्टरनेटले त कहिले विद्युत्ले काम नगरेको भन्दै कर्मचारीले ढिलाइ गर्छन् ।

रजिस्टे«सनको कामले गति लिए पनि सेवाप्रवाहमा ढिलाइ भएको सेवाग्राहीको गुनासो छ । डिजिटल रजिस्टे«सन सुरु भएपछि विगतमा एक दिनमा हुने काम तीन दिनमा बनेको चौबिसे गाउँपालिकाका सुरेन्द्र चेम्जोङले बताए । इन्टरनेट र अन्य प्रविधिको समस्या देखाएर कर्मचारीले काम अड्काएर रकम लिने गरेको सेवाग्राहीको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री