शनिबार, ८ वैशाख २०८१

‘राष्ट्र बैंकका कारण सेयर बजार ओरालो लाग्यो ‘

समयपोष्ट २०७४ भदौ २६ गते ६:५९

नेपाल इन्भेष्टर्स फोरमले नेपाल राष्ट्र बैंकको कारण सेयर बजार ओरालो लागेकोे आरोप लगाएको छ । फोरमले नेपाल राष्ट्र बैंकले सेयर धितोको कर्जामा कडाई गर्नु , बुक क्लोजपछि समायोजित मूल्यको आधारमा बोनस सेयर धितोमा गणना गर्न रोक्नु जस्ता कारणले सेयर बजार ओरालो लागेको आरोप लगाएको हो ।

Advertisement

फोरमले बजार निर्माताको प्रवेश, बैंकलाई ब्रोकर लाइसेन्स, ब्रोकर कम्पनीमार्फत मार्जिन लेण्डिङको सुविधा लगायतका पुर्व घोषित कामहरु अगाडी नबढ्दा बजार घटेको उल्लेख गरेको छ । सरकार, नियामक निकायले बजारलाई नकारातमक रुपमा मात्र हेरेकोले बजारमा सुधार आउन नसकेको फोरमको ठहर छ ।

त्यस्तै कहिले स्थायी लेखा नम्बर र कहिले बोर्डसँग असम्बन्धित कुराहरु उठाएर धितोपत्र बोर्डले लगानीकर्तालाई हतोत्साही बनाएको फोरमले उल्लेख गरेको छ । फोरमले पूँजी बजारलाई प्राथमिकता प्राप्त उद्योगको रुपमा घोषणा गर्न माग समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री