शुक्रबार, १४ वैशाख २०८१

‘भद्रगोल’बाट बाहिरिएको टिमले नयाँ टेलिश्रृंखला ल्याउँदै

समयपोष्ट २०७६ भदौ २३ गते १४:११

Advertisement

हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’बाट अलग्गिएको टिमले नयाँ टेलिश्रृंखला निर्माण गर्ने भएको छ ।

आउँदो २ असोजबाट नेपाल टेलिभिजनमा प्रशारण सुरु हुने भनिएको टेलिश्रृंखलाको नाम भने सार्वजनिक गरिएको छैन ।

भद्रगोलका पूर्व निर्देशकहरु कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेको समूहले आफ्नै लगानीमा नयाँ टेलिश्रृंखला निर्माण गर्न लागेको हो ।

उनीहरुले स्थापना गरेको कम्पनी जेपिटी क्रियसनमार्फत यसको निर्माण हुने छ । लेखन तथा निर्देशन जिग्री र पाँडेकै रहने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री