शनिबार, ८ वैशाख २०८१

हजुरआमा बन्दै रबिना टण्डन

समयपोष्ट २०७६ भदौ २३ गते १२:४८

Advertisement

बलिउडकी चर्चित नायिका रबिना टन्डन हजुरआमा बन्ने भएकी छिन् ।

उनले एडोप्ट गरेकी छोरी छायाको बेबी सावर पार्टीको आयोजना गरिन् । बेबी शावर पार्टीमा समावेश पूजा मखिजा नामकी पाहुनाले आफ्नो सोसल मिडियामा अकाउन्टमा कार्यक्रमका केही तस्बिर सेयर गरेकी छिन् । पूजाले बेबी शावरको तस्बिर सेयर गर्दै क्याप्सनमा रबिनाको तारिफ गर्दै लेखिन्, ‘हजुरआमा बन्न लागेकोमा चियर्स । रबिना तपाईंले यो वास्तविक प्यासनसहित गर्नुभयो । तपाईं उत्कृष्ट तरिका र अत्यधिक मायासहित आफ्नी धर्मपुत्रीको बेबी सावर गरेको देखेर मन पग्लियो ।’

बेबी शावर पार्टीमा रबिनाकी आफ्नै छोरी राशा थडानी पनि निकै खुसी देखिएकी छिन् । पार्टीमा छायाले मरुन रङको पहिरन लगाएकी थिइन् भने रबिना प्रिन्टेड टप र ट्राउजरमा निकै आकर्षक देखिएकी थिइन् ।

रबिनाले सन् १९९५ मा दुई छोरी छाया र पूजालाई अडोप्ट गरेकी थिइन् । त्यतिबेला पूजा ११ वर्षकी थिइन् भने छाया ८ वर्षकी थिइन् ।

रबिना टन्डनले सन् २००४ को फेब्रुअरी २२ मा फिल्म डिस्ट्रिब्यूटर अनिल थडानीसँग विवाह गरेकी थिइन् । यी दुईका १४ वर्षकी छोरी राशा र ११ वर्षका छोरा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री