शुक्रबार, १४ वैशाख २०८१

श्रीमतिको नाममा शेयर किनेको भेटिएपछि गूरुप्रसाद न्यौपानेको जनता बैंकको शेयर जफत

समयपोष्ट २०७४ भदौ २२ गते ११:१७

नेपाल राष्ट्र बैंकले गूरुप्रसाद न्यौपानेको ८५ हजार कित्ता सेयर जफत गर्न जनता बैंकलार्इ निर्देशन दिएको छ । न्यौपाने जनता बैंकको सञ्चालक समितिमा रहेका बेला श्रीमतीको नाममा खरिद गरेको सेयर जफत गर्न राष्ट बैंकले निर्देशन दिएको हो ।

Advertisement

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनले गरेको व्यवस्था अनुसार कुनै पनि बैंक तथा वित्तीय संस्थाको सञ्चालक पदमा रहँदा आफु तथा परिवारका सदस्यको नाममा त्यही संस्थाको सेयर खरीद गर्न पाइदैन ।

तर न्यौपानेले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बिपरित श्रीमती सुमित्राको नाममा ५२ हजार कित्ताभन्दा बढी सेयर आफु सञ्चालक भएकै बखत खरिद गरेका थिए । त्यस पछि निष्काशन भएको ५० प्रतिशत हकप्रद तथा १२ प्रतिशत बोनस सहित गरी ८५ हजार कित्ताभन्दा बढी सेयर जफत गर्न राष्ट्र बैंकले दिएको हो ।  बैंकले जफत गरेको शेयरलाई बोलकबोलमार्फत बिक्री गर्ने छ र त्यो  सम्पति बैंकको आम्दानीमा देखाइन्छ। 

न्यौपानेले श्रीमतीका नाममा शेयर खरीद गरेको भन्ने उजुरी परेपछि राष्ट्र बैंकले छानविन गरेको थियो। २०७३ मंसिर २५ गते परेको उजुरीका आधारमा केन्द्रीय बैंकले पुस १२ गते जनता बैंकसँग स्पष्टीकरण माग गरेको थियो।  राष्ट्र बैंकले यस विषयमा अनुसन्धान गरे पछि न्यौपानले बैंक सञ्चालकको पदबाट राजिनामा गरेका थिए ।


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री