शुक्रबार, ७ वैशाख २०८१

साताको अन्तिम दिन शेयर बजारमा किन आयो यति ठुलो गिरावट

समयपोष्ट २०७४ भदौ २२ गते १०:२४

साताको अन्तिम दिन बिहीबार ११.९५ अंकले घटेर नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक १५५४.५५ अंकमा झरेको छ। बुधबार सूचक ११.९४ अंकले बढेर १५६६.५० अंकमा पुगेको थियो । 

Advertisement

बिहिबार १५७ कम्पनीका १२ लाख ८५ हजार कित्ता शेयर ७३ करोड  ४९ लाख रुपैयाँमा खरिद बिक्रि भए। बुधबारको तुलनामा १० करोड रुपैयाँले कारोबार रकम घटेको हो। 
 बिहविार बैंक ९.२४, होटल ११.१५, विकास बैंक ५.५, जलबिद्युत २३.७४, फाइनान्स ५.४७, बीमा ११४.८६, उत्पादनमुलक २४.१३ र अन्य ४.०५ अंकले घटेको छ। सबैभन्दा बढी सिन्धु विकास बैंकका शेयरधनीले करिब आठ प्रतिशत कमाएका छन्। एक्सेल डेभलपमेन्ट बैंकको शेयर करिब ६ प्रतिशतले घटेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री