शनिबार, १५ वैशाख २०८१

दृष्टिबिहीन बालबालिकालाई यौनजन्य क्रियाकलाप गर्न लगाएको आरोपमा बेलायती नागरिक पक्राउ

समयपोष्ट २०७४ भदौ २० गते ५:१५

भारतीय प्रहरीले एक बेलायती नागरिकले दृष्टिबिहीन बालबालिकालाई यौनजन्य क्रियाकलापमा लगाई दुव्र्यवहार गरेको भनी पक्राउ गरेको छ । 
नयाँ दिल्लीको आरके पुरमस्थित विद्यालयमा बेलायती नागरिकले बालबालिकालाई यौनहिंसा गरेको भनी उनलाई पक्राउ गरिएको सोमबार भारतीय अधिकारीले जनाए । 
उनीहरू सोही ठाउँको दृष्टिबिहीन विद्यालयमो अध्ययन गर्ने बालबालिका रहेका बताइएको छ । 
प्रहरीका अनुसार दृष्टिबिहीनको राष्ट्रिय संगठन ९एनएबी० त्रिपन्न बर्षीय मुर्रे डेनिस वार्ड विद्यालयमा लगातार जाने गरेको र विद्यालयलाई पनि विगत आठ बर्षदेखि नियमित रूपमा आर्थिक तथा अन्य सहयोग दिँदै आएका थिए । 
बेलायती नागरिकलाई आठ बर्ष मुनिका कम्तीमा तीन बालबालिकालाई गुद्वारमा यौनजन्य क्रियाकलाप गर्न लगाएको आरोप लगाइएको प्रहरीले जनाएको छ । उनलाई सोमबार अदालत सामु उपस्थित गराइएको छ । प्रहरीले वार्डको ल्यापटपमा आपत्तिजनक केही भिडियो भेटिएको बताएको छ । रासस÷सिन्ह्वा 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री