शनिबार, १५ वैशाख २०८१

एभरेष्ट बैंकको सेयर लिलामीमा

समयपोष्ट २०७४ भदौ १८ गते ६:०८

एभरेष्ट बैंकले हकप्रदमा नबिकेको २ लाख ५३ हजार ७९७ कित्ता हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । बैंकले भदौ २५ देखि असोज १ गतेसम्म सेयर लिलामीमा राख्ने भएको हो ।बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ ।  

Advertisement

लिलामी सेयरमा आवेदन गर्न चाहने लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ वा सोभन्दा बढी मूल्यमा एक सय कित्ता वा १० ले भाग जानेगरी सबै कित्ता सेयरका लागि शिलबन्दी बोलपत्रबाट आवेदन गर्न सक्नेछन् ।  बोलपत्र असोज २ गते बिहान १० बजे क्यापिटलको कार्यालय लाजिम्पाटमा खुला गरिने छ  । 

बैंकले असार १८ गतेदेखि साउन २२ गतेसम्म ३३.३३ प्रतिशत हकप्रद निष्काशन गरेको थियो । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री