बिहीबार, १३ वैशाख २०८१

चक्रपथ वरपरका घरटहरा भत्काउन शुरु, पहिलोचरणमा महाराजगञ्ज देखि कलंकीसम्मका घरटहरा हटाईदै

समयपोष्ट २०७४ भदौ १७ गते ९:०४

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथ किनारामा अवैध रुपमा सञ्चालन भएका पसल हटाउने काम शुरु गरेको छ । 
महाशाखाले आज सडक विभागसँग सहकार्य गरेर बसुन्धरा क्षेत्रको सडकका वरपर रहेका पाँचवटा घरटहरा हटाएको हो । साथै चक्रपथ क्षेत्रलाई व्यवस्थित बनाउन बाटोमा ट्राफिक संकेत राख्ने काम, बिजुलीका पोल सार्ने, अनावश्यक पार्किङस्थल हटाउनेलगायतका काम गरेको छ । 

Advertisement

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले बाटोको किनारामा रहेका पसल तथा अव्यवस्थित पार्किङले सवारी आगागमनमा समस्या परेको भन्दै उक्त अभियान सुरु गरिएको जानकारी दिए ।

उनले यो अभियान पहिलोचरणमा महाराजगञ्ज चोकदेखि कलंकीसम्म सञ्चालन गरिने र विस्तारै अन्य ठाउँमा पनि लैजाने बताए । गत हप्तादेखि सुरु भएको यो अभियानमा जनप्रतिनिधि, स्थानीयवासी, विभिन्न स्कुल तथा कलेजका विद्यार्थीले समेत साथ दिँदै आएका छन् । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री