शनिबार, १५ वैशाख २०८१

नेप्सेमा आज एनआईसी एशिया सहित तिन कम्पनीको सेयरमूल्य समायोजन

समयपोष्ट २०७४ भदौ १६ गते ७:५७

नेपाल स्टक एक्सचेञ्जमा शुक्रबार तीन कम्पनीको सेयरमूल्य समायोजन भएको छ । सेयरमूल्य समायोजन हुने कम्पनीहरुमा एनआईसी एशिया बैंक, नेपाल इन्स्योरेन्स  र आरएसडिसी लघुवित्त कम्पनी रहेका छन् ।

Advertisement

आज एनआईसी एशिया बैंकको २० प्रतिशत बोनसपछि सेयरमूल्य, नेपाल इन्स्योरेन्स कम्पनीको पाँच प्रतिशत बोनसपछि सेयरमूल्य र आरएसडीसी लघुवित्तको २०० प्रतिशत हकप्रदपछि सेयरमूल्य समायोजन भएको  हो । 

नेप्सेका अनुसार एनआईसी एशिया बैंकको  बोनसलाई समायोजन गर्दा बैंकको समायोजत सेयरमूल्य ३६८ रुपैयाँ कायम भएको छ भने औसत आधारमूल्य ४६५ रुपैयाँ रहेको छ । त्यस्तै नेपाल इन्स्योरेन्स बोनसलाई समायोजन गर्दा सेयरमूल्य एक हजार ४२४ रुपैयाँ कायम भएको छ । कम्पनीको औसत आधारमूल्य आठ सय ८६ रुपैयाँ रहेको छ । 

आरएसडीसी लघुवित्तको २०० प्रतिशत हकप्रदलाई समायोजन गर्दा  ११०७ रुपैयाँ कायम भएको छ । जसको औसत आधारमूल्य ७४५ रुपैयाँ रहेको  छ ।  

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री