मंगलबार, ११ वैशाख २०८१

साताको पहिलो दिन नेप्से ४.५१ अंकले बढ्यो

समयपोष्ट २०७४ भदौ ११ गते १०:३६

साताको पहिलो दिन नेप्से परिसुचक ४.५१ अंकले बढेर १६२२.३२ विन्दुमा पुगेको छ । यसदिन १६५ कम्पनीको २७ लाख २६ हजार कित्ता शेयर ८१ करोड ५१ लाख रुपैयाँमा किनबेच भएको छ । यसदिन सबैभन्दा बढी नबिल बैंकको पाँच करोड ५२ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । 

Advertisement

आईतबार बित्त,फाईनान्स र अन्य समुह परिसुचक घटेका छन् । फाइनान्स १.३, बीमा ३४.१९ र अन्य ६.३६ अंकले घटेको छ भने बैंक ७.१४, होटल ६.२७, विकास बैंक १२.१२, जलबिद्युत ११.४५ र उत्पादनमूलक समूह ३२.१६ अंकले बढेको छ। 

आइतबार सिर्जना फाइनान्सका शेयरधनीले सबैभन्दा बढी १० प्रतिशत कमाएका छन् । नबिल ब्यालेन्स फण्डका शेयरधनीले सबैभन्दा बढी १० प्रतिशत गुमाएका छन् ।                                  

प्रतिक्रिया

सम्बन्धित सामाग्री