एभरेष्ट बैंकको नाफा ३ अर्ब नाघ्यो
समयपोष्ट
२०७६ साउन १६ गते १०:५६
एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक बर्ष खुद नाफा १८ प्रतिशतले बृद्धि गरेको छ । बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ४ करोड खुद नाफा आर्जन गरेको छ ।
अघिल्लो बर्ष बैंकले २ अर्ब ५८ करोड खुद नाफा आर्जन गरेको थियो । बैंकले खुदा ब्याज आम्दानीमा पनि करिव १६ प्रतिशतको बृद्धि गरेको छ। बैंकले १५.७४ प्रतिशतले खुद ब्याज आम्दानी बढाएर ५ अर्ब ६३ करोड रुपैयाँ पुर्याएको छ।
बैंकले ऋण लगानी १ खर्ब ४ अर्ब रुपैयाँ पुर्याएको छ भने निक्षेप १ खर्ब २९ अर्ब रुपैयाँ पुर्याएको छ। ऋण लगानी बिस्तार गर्दै लगेका कारण बैंकको पूँजी कोष अनुपात घट्दो क्रममा देखिएको छ। १४.२ प्रतिशतको पूँजीकोष अनुपात घटेर १३.७५ प्रतिशतमा झरेको छ।
बैंकले ८.४५ प्रतिशतको आधार दरलाई घटाएर ८.१२ प्रतिशतमा ल्याएको छ। बैंकले ४.२९ प्रतिशतको स्प्रेडमा काम गरेको छ।
प्रतिक्रिया