शुक्रबार, १४ वैशाख २०८१

काठमाडौं महानगरपालिकाले बाढीपीडितकालागि आर्थिक सहयोग गर्यो

समयपोष्ट २०७४ भदौ २ गते ८:०६

काठमाडौं महानगरपालिकाले बाढीपीडितकालागि आर्थिक सहायता प्रदान गरेको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी लगायतको टोलीले शुक्रबार प्रधानमन्त्री शेर शहादुर देउवालार्इ बाढीपीडितको सहयोगार्थ ३९ लाख  रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।  

Advertisement

बाढी, पहिरो र डुबान प्रभावितलार्इ राहत र उद्दारमा सहयोग पुगोस् भन्ने उद्देश्यले काठमाडौं महानगरपालिकाको तर्फबाट २५ लाख, कार्यरत कर्मचारीबाट एक दिनको तलब बराबर १४ लाख गरी ३९ लाख रुपैयाँ 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष'मा जम्मा हुने गरी चेक हस्तान्तरण गरिएको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाले बाढी र पहिरोबाट ज्यान गुमाउनेहरुप्रति समवेदना प्रकट गर्दै यथाशीघ्र राहतको व्यवस्था मिलाउन प्रधानमन्त्रीसंग अपिल समेत गरेको छ। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री