शनिबार, ८ वैशाख २०८१

बाढी पहिरो पिडितलाई ग्लोबल आइएमईको ६५ लाख सहयोग

समयपोष्ट २०७४ भदौ २ गते ७:२३

ग्लोबल आइएमई बैंकले तराई लगायत मुलुकका विभिन्न भागमा आएको बाढी पहिरो पिडितलाई ६५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा सो रकम  हस्तान्तरण गरेको हो । 

Advertisement

बैंकका अध्यक्ष चन्दप्रसाद्र ढकालले प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार बिहान उक्त रकमको चेक हस्तान्तरण गरेका हुन ।

बैंकले बैंकको तर्फबाट ५१ लाख एवं सम्पूर्ण कर्मचारीको १ दिनको तलब बराबर हुन आउने १४ लाख रुपैँया गरि ६५ लाखको चेक हस्तान्तरण गरेको हो ।

प्रधानमन्त्री देउवासँगको भेटमा अध्यक्ष ढकालले विगतमापनि बैंकले आफ्नो सामाजिक उत्तर दायित्व अन्तर्गत प्राकृतिक विपत्तको समयमा सहयोग गरेको स्मरण गर्दै भविश्यमा पनि मुलुकमा आइपर्ने विपत्तिबाट पिडामा पर्नेहरुलाई सहयोग गर्न तत्पर रहेको जानकारी दिए।

चेक हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, वरिष्ठ नायब प्रमुखकार्यकारी अधिकृत जनकशर्मा पौड्याल लगायत व्यवस्थापनका उच्च अधिकारीको उपस्थिती रहेको थियो ।

बाढी पहिरो पिडितहरुको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा बैंकको ज्ञानेश्वर शाखामा खोलिएको ‘०४११०१००००००५’ नम्बरको खातामा इच्छुक सहयोगीले रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री