शनिबार, ८ वैशाख २०८१

आइएमइ लाइफ इन्स्योरेन्सले कारोबार थाल्यो,कम्पनीको आईपिओ छिट्टै जारी हुँदै

समयपोष्ट २०७४ भदौ १ गते ८:०१

आइएमइ लाइफ इन्स्योरेन्स नयाँ लाइसेन्स पाउने १० जीवन बिमा कम्पनीमध्ये कारोबार गर्ने पहिलो कम्पनी बनेको छ । विहीवारबाट औपचारिक रुपमा कारोबार थालेसंगै कम्पनी पहिलो बन्न पुगेको हो । 

Advertisement

कम्पनी एक अर्ब ४० करोड चुक्ता पुँजी र ३ अर्ब अधिकृत पुँजी राखेर संचालनमा आएको हो । कम्पनीले बिमा समितिले तोकेको २ अर्ब चुक्ता पुँजी पुर्याउन ६० करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्नेछ । आवश्यक प्रक्रिया पुरा गरेर सर्वसाधारणका लागि सेयर जारी गरिने कम्पनीले जनाएको छ ।

आइपिओ जारी गरेपछि कम्पनीमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व कायम हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री