मंगलबार, ११ वैशाख २०८१

पोखरा फाइनान्सकाे एफपिओमा आवेदन दिने आज अन्तिम मिती

समयपोष्ट २०७४ भदौ १ गते ७:१२

पोखरा फाइनान्सकाे एफपिओमा आवेदन दिने आज अन्तिम मिती हो । कम्पनीले साउन २९ आईतबारदेखि निष्काशन खुला गरेको एफपिओमा लगानीकर्ताले विहीबार कार्यालय समय ३ बजेसम्म अावेदन गर्न सक्नेछन् ।

Advertisement

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा १२० रुपैयाँ प्रिमियम थप गरी २२० का दरले ९ लाख ८३ हजार ६८२ कित्ता एफपीओ निष्कासन गरेको हो । 

कम्पनीको  एफपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९ सय कित्तासम्म आवेदन दिन पाइनेछ । अहिले दोस्रो बजारमा फाइनान्सको प्रतिकित्ता सेयरमूल्य २५० रुपैयाँको हाराहारीमा रहेको छ ।

कम्पनीको चुक्ता पूँजी ५५ करोड ७४ लाख रुपैयाँ छ । एफपिओ बिक्रीपछि कम्पनीको चुक्ता पूँजी ६५ करोड ५७ लाख पुग्नेछ । कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७४ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ५० पैसा छ  । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री